माओवादी आधार इलाका रुकुम पश्चिममा प्रधानमन्त्री
बिहीबार, ०९ कात्तिक २०८०, १२ : २४
सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन्। जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्नका लागि हेलिकोप्टर मार्फत उनी रुकुम पुगेका हुन्।
रुकुम पुगे लगत्तै प्रचण्ड 'जनतासँग माओवादी विशेष रूपान्तरण' अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए ।
साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ।
माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
-
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण