सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

के एआईले मानव जगत ध्वस्त गर्ला ?

बुधबार, १५ कात्तिक २०८०, १८ : ०५
बुधबार, १५ कात्तिक २०८०

न्यूयोर्क । ओपनएआईका प्रमुख कार्यकारी अधिकारी हुन् साम अल्टम्यान । ओपनएआई कृत्रिम बौद्धिकता (एआइर्) कम्पनी हो । 

कम्पनीले मानवताको लाभमा एआईलाई कसरी लगाउन सकिन्छ भनेर अध्ययन गरिरहेको छ । आफ्नो कम्पनीले ल्याउन लागेको सबैभन्दा चर्चित प्रडक्टले मानव सभ्यताको अन्त्य गर्न सक्ने चिन्ता उनले व्यक्ति गरेका छन् । 

मेमा अल्टम्यानले सिनेटको उपसमितिमा एआईको सम्भावनाहरुलाई अंगाल्ने र यसले मानव जगतमा निम्त्याउने जोखिमहरु न्यूनीकरण गर्ने खालको विवेकशील नियमन ल्याउनु पर्ने माग राख्दै आवेदन दिएका थिए । गएको वर्ष ओपन आईले च्याटजीपीटी ल्याएपछि अल्टम्यान रातारात चर्चित भए । च्याट जीपीटी एआईको पर्याय नै बन्यो ।

शिक्षादेखि वित्त, कृषिदेखि स्वास्थ्य हेरचाह, शल्यक्रियादेखि खोप विकाससम्मका सबै क्षेत्रमा क्रान्ति ल्याउने सम्भावना बोकेर अहिले यो बसेको छ । तर यसले विद्यालयका परीक्षामा चोरीदेखि मानव कामदारलाई विस्थापित गर्नेसम्म मानवको अस्तित्वलाई नै संकटमा पुर्‍याउने खतरा बढाएको छ । एआईको प्रयोगले विश्वभर ३० करोड जागिर कुनै न कुनै स्वरुपमा स्वचालित हुन सक्ने चेतावनी अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्सले दिएको छ । 

आगामी ५ वर्षमा मात्रै एआईका कारण विश्वभर १ करोड ४० लाख रोजगारी गुम्न सक्ने अप्रिलमा विश्व आर्थिक मञ्चको प्रतिवेदनले देखाएको छ ।

कंग्रेसमा दिएको बयानमा अल्टम्यानले एआईलाई मतदाताहरूलाई प्रभावित पार्न र गलत सूचना प्रवाहमा प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका थिए । त्यसको केही समयपछि एआईका कारण मानव जगत ध्वस्त हुने वा महामारी र परमाणु युद्ध जस्ता सामाजिक स्तरका अन्य जोखिमहरू भड्किने खतरा कम गर्नुपर्ने माग गर्दै सयौँ एआई वैज्ञानिक, अनुसन्धानकर्ता र व्यवसायिक नेताहरुले एउटा याचिकामा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर अभियानमा अल्टम्यान पनि सामेल भएका थिए ।

अल्टम्यान लामो समय लाइमलाइटमा थिएनन् । तर एआईमा आएको क्रान्तिसँगै अहिले उनले धेरैको ध्यान खिचेका छन् । विश्वभर नै उनको प्रशंसाको साथसाथै आलोचना भइरहेको छ । एआई कि त छापा खाना बन्ने कि एटम बम बन्ने अल्टम्यानको धारणा छ । एआईले कसरी काम गर्छ र यसको प्रयोगको अन्तर्य के हुन सक्छ भन्ने बुझेका मान्छे निकै कम छन् । यसलाई एटम बम बन्नु अघि र पछिको परमाणु भौतिक शास्त्रको जगतसँग तुलना गरिएको छ । यसले निम्त्याउन सक्ने विनाशबारे अहिले कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप