शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित नागरिकको सहयोगमा सरकारले कुनै कसर बाँकी नराखोस् : अध्यक्ष नेपाल

शनिबार, १८ कात्तिक २०८०, ११ : ५३
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 

शनिबार काठमाडौँमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार र स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा आवश्यक भूमिका निभाउनुपर्नेमा जोड दिएका हुन् । 

 उनले भने, ‘जसरी भुईँचालो गयो, एक सय २८ जना हालसम्म निधन भएको खबर छ । धेरै व्यक्ति घाइते हुनुभएको छ । दुःखद घटनाप्रति सबैको तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । सँगै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । अहिलेसम्म पनि त्यसका कतिपय असर बाँकी छन् । उद्धार कार्यमा सरकारले तत्काल सुरक्षा पङ्क्ति पठाइसकेको छ । उद्धार कार्य भइरहेको पनि होला । प्रधानमन्त्री स्वयं पनि जानुभएको छ । राहत सहयोग छिटो पुग्नुपर्छ । त्यस क्षेत्रमा भएको भूकम्प र त्यसको असरप्रति दुःख व्यक्त गर्दछु । सबै पीडित परिवारप्रति समवेदना प्रकट गर्दछु । सरकारले कुनै कसर बाँकी नराखी आफ्नो तर्फबाट सकेको सहयोग गराउनुपर्छ ।’ अध्यक्ष नेपालले अब हुनसक्ने क्षतिलाई ध्यानमा राखेर बाँकी काम गर्नुपर्नेमा सरोकारवाला निकायहरू चनाखो हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप