भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या नभएको टेलिकमको दाबी
मङ्गलबार, २१ कात्तिक २०८०, १७ : १३
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या नरहेको बताएको छ । कात्तिक १७ गते पश्चिम नेपालका जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्प प्रभावित क्षेत्रमा कुनै पनि समस्या नरहेको टेलिकमले बताएको हो । यद्यपि कतिपय प्रयोगकर्ताहरूले भने नेटवर्कमा समस्या आएको गुनासो गर्दै आएका छन् ।
तर, टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कमा समस्या नरहेको दाबी गरे ।
‘जाजरकोट र पश्चिम रुकुमको कार्यालयसँग निरन्तर सम्पर्कमा छु,’ अधिकारीले भने, ‘भूकम्प जाँदा समस्या आएको फाइबर समेत मर्मत भइसकेको छ ।’ यसबाहेक, त्यस क्षेत्रमा टेलिकमले निःशुल्क सिम कार्ड समेत वितरण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण