सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या नभएको टेलिकमको दाबी

मङ्गलबार, २१ कात्तिक २०८०, १७ : १३
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कको समस्या नरहेको बताएको छ । कात्तिक १७ गते पश्चिम नेपालका जाजरकोट र पश्चिम रुकुममा आएको भूकम्प प्रभावित क्षेत्रमा कुनै पनि समस्या नरहेको टेलिकमले बताएको हो । यद्यपि कतिपय प्रयोगकर्ताहरूले भने नेटवर्कमा समस्या आएको गुनासो गर्दै आएका छन् । 

तर, टेलिकमका प्रवक्ता शोभन अधिकारीले भूकम्प प्रभावित क्षेत्रमा नेटवर्कमा समस्या नरहेको दाबी गरे । 

‘जाजरकोट र पश्चिम रुकुमको कार्यालयसँग निरन्तर सम्पर्कमा छु,’ अधिकारीले भने, ‘भूकम्प जाँदा समस्या आएको फाइबर समेत मर्मत भइसकेको छ ।’ यसबाहेक, त्यस क्षेत्रमा टेलिकमले निःशुल्क सिम कार्ड समेत वितरण गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप