थोरङपास नजिक विदेशी पर्यटक घाइते, प्रहरीले गर्यो उद्धार
आइतबार, २६ कात्तिक २०८०, १९ : ५१
पोखरा । अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने थोरङपास नजिक विदेशी पर्यटक घाइते भएका छन् । मनाङबाट मुस्ताङ छिर्ने क्रममा सिंगापुरका ४८ वर्षीय पर्यटक लरेन्स चन्तोय घाइते भएका हुन् ।
हाईक्याम्पमा अत्यधिक चिसोका कारण घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय मुक्तिनाथको टोलीले उद्धार गरेको छ । पर्यटक घाइते भएको सूचना पाएपछि प्रहरी खटाएर उद्धार गरिएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले जानकारी दिए ।
उनका अनुसार घाइतेको अवस्था सुधारोन्मुख छ । पर्यटक दुई जनाको टोली त्यसतर्फ गएको थियो । घाइतेलाई उपचारका लागि जोमसोम ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण