शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

के अण्डा खानुका फाइदा मात्र छन् ?

हृदयघातको जोखिम बढाउँछ
मङ्गलबार, २८ कात्तिक २०८०, ११ : ५०
मङ्गलबार, २८ कात्तिक २०८०

अक्टोबरको दोस्रो शुक्रवार (२०२३) विश्व अण्डा दिवस मनाइयो । यस वर्ष ‘स्वस्थ भविष्यका लागि अण्डा’ भन्ने नारा तय गरिएको थियो । विश्वमा पौष्टिक आहरा अभिवृद्धि गराउने प्रयास स्वरूप सन् १९९६ मा भियनामा आयोजित सम्मेलनले अन्तर्राष्ट्रिय अण्डा आयोग (इन्टरनेसनल एग कमिसन–आईईसी) को स्थापना गरेको थियो । अण्डामा पाइने पौष्टिक तत्त्वले शरीरमा हुने फाइदाका बारेमा जनचेतना जगाउनु यो दिवस मनाउनुको मुख्य उद्देश्य हो । 

दैनिक पोषणमा सबैभन्दा बढी तत्त्व अण्डामा पाइन्छ । यस रहेको उच्च गुणस्तरको प्रोटिन ओमेगा ३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र १३ का अतिरिक्त अत्यावश्यक भिटामिन र खनिजको उत्कृष्ट स्रोत हो । अण्डाको पहेँलो भागमा उच्च गुणस्तरको प्रोटिनका साथै महत्त्वपूर्ण स्वस्थ बोसो, खनिज, भिटामिन र एन्टिअक्सिडेन्टहरू पाइन्छ । अण्डाको सेतो भागमा ६० प्रतिशत उच्च गुणस्तरको प्रोटिन पाइन्छ । यो हाम्रो शरीरलाई चाहिने दैनिक आहार एक महत्त्वपूर्ण भाग हो ।

अण्डामा पाइने पोषण तत्त्व 

बढी उमालेको अन्डामा फोलेट, भिटामिन बी२, भिटामिन बी५, भिटामिन बी१२, फस्फोरस, सेलेनियम र भिटामिन ए भिटामिन डी, ई, के र बी६ पनि पाइन्छ । यसबाट मानिसले ७७ क्यालोरी, ५ ग्राम स्वस्थ फ्याट र ६ ग्राम प्रोटिन प्राप्त गर्न सक्छ । अण्डाको सेवनले तौल व्यवस्थापन, स्वस्थ उमेर र दृष्टि राम्रो बनाउन मद्दत गर्छ । यसमा ओमेगा४, कोलाइन र उच्च गुणस्तरको प्रोटिनसमेत पाइन्छ ।

अण्डाबाट हुने स्वास्थ्य लाभहरू–

–मस्तिष्कको स्वास्थ्य प्रवर्द्धन गर्छ

मस्तिष्क विकासका लागि आवश्यक भिटामिन, कोलिन अण्डामा पर्याप्त मात्रामा पाइन्छ । गर्भवती महिलालाई उनीहरूको जन्मपूर्व आहारको रूपमा अण्डा लिन सल्लाह दिइन्छ । यसले तिनीहरूलाई महत्त्वपूर्ण पोषक तत्त्व अवशोषित गर्न मद्दत गर्छ । अण्डामा पाइने कोलिनले साना बालबालिकाको संज्ञानात्मक विकासका लागि निकै फाइदाजनक हुन्छ ।

–तनाव कम र तौल व्यवस्थापनमा मद्दत गर्छ

बढ्दो तौल र तनाव सँगसँगै वृद्धि हुँदै जान्छ । चिन्ता र डिप्रेसनका विकार भएका मानिसको तौल बढ्ने सम्भावना बढी हुन्छ । उनीहरू आफ्नो तौल घटाउन नसकेर पीडित भइरहेका  हुन्छन् । अण्डामा कोलिन हुन्छ, जसले मेमोरी, मुड, मांसपेशी नियन्त्रण र अन्य संज्ञानात्मक प्रक्रिया सुधार गर्न सक्छ । नतिजाका रूपमा, अण्डा खानेले तपाईंको मुडलाई अनियमित गर्न मद्दत गर्दछ । वजन घटाउन मद्दत गर्दछ ।

–आँखाका लागि राम्रो

अण्डामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले तपाईंको आँखालाई बुढ्यौलीका कारण हुने क्षतिबाट बचाउन मद्दत गर्छ । यसमा जियाछाथिन÷लुटेइन रहेको हुन्छ । त्यसले तपाईंको दृष्टिलाई कमजोर पार्न सक्छ । अण्डा उपभोग गर्दा पाइने यी एन्टिअक्सिडेन्टले आँखाका रेटिनाले तिनीहरूलाई अवशोषित गर्न थाल्छ । त्यस क्रममा  म्याकुलर डिजेनेरेसन र मोतियाबिन्दुहरू आदि विरुद्ध सुरक्षा प्रदान गर्छ । अण्डामा भिटामिन ए प्रशस्त मात्रामा पाइने हुँदा रतन्धोपनलाई हटाउन मद्दत गर्छ ।

–उच्च मात्रामा भिटामिन डी पाइन्छ

अण्डामा उच्च मात्रामा भिटामिन डी पाइन्छ । यसले हड्डीलाई स्वस्थ राख्नुका साथै प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । अण्डामा भिटामिन डी पाइने हुँदा पहेँलो खानु जरुरी हुन्छ । यो भिटामिन तौल र पेटको बोसो घटाउन पनि उपयोगी हुन्छ । 

अण्डा खानुका बेफाइदाहरूः

अण्डा खानुका फाइदा मात्र होइन बेफाइदा पनि छन् । आफ्नो स्वास्थ्यको आवस्था हेरेर मात्र अण्डा खानु राम्रो हुन्छ । 

–हृदयघातको जोखिम बढाउँछ

अन्डाको पहेँलो भागले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । रगतमा कोलेस्ट्रोलको मात्र बढी भएका व्यक्तिलाई अण्डा सेवनले प्रभाव पार्न सक्छ । 

एउटा अन्डामा लगभग १८६ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । प्रत्येक व्यक्तिलाई प्रतिदिन लगभग ३०० मलिग्राम कोलेस्ट्रोल चाहिन्छ । तसर्थ यस्ता व्यक्तिले हरेक दिन एउटा मात्र अण्डा खानु पर्छ ।

–इन्सुलिनमा संवेदनशीलताः

दैनिक चारवटा अण्डा खाँदा गम्भीर साइड इफेक्ट हुन सक्छ । किनभने यसले हृदय रोग र इन्सुलिन संवेदनशीलता निम्त्याउन सक्छ ।

स्थानीय अण्डा तथा सेतो अण्डा कुन फाइदाजनक ?

स्थानीय अण्डा र सेता अण्डामा धेरै भिन्नता छ । स्थानीय अण्डा हल्का खैरो हुन्छ भने सेतो अण्डा सेतो रंगको हुन्छ । स्वास्थ्यका दृष्टिले स्थानीय अण्डा ज्यादा फाइदाजनक हुन्छ । तर यी दुवै खाले अण्डा खानुका फाइदा केही हदसम्म समान छन् । अण्डामा रहने पोषण कुखुराको आहार र आवासबाट प्रभावित हुन सक्छ ।

निष्कर्षः

प्रतिदिन तीनवटा अण्डा खानु स्वास्थ्यका दृष्टिले उपयुक्त हुने कतिपय अध्ययनले देखाएका छन् । त्यसैले आफ्नो दैनिक नास्ता वा दिउँसोको खानामा अण्डा समावेश गर्नुअघि, अण्डा खानुका सबै फाइदा र बेफाइदाबारे जान्नु आवश्यक हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप