कुनै पनि सिनेमा प्रदर्शन गर्न नदिने चेतावनी
काठमाडौँ । नेपाल चलचित्र निर्माता संघले नेपाली चलचित्रको प्रदर्शनमा असमान व्यवहार जारी रहे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासचिव सुनिल कुमार थापाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गरेका छन् । अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरुको प्रदर्शन गर्न नदिने उनको चेतावनी छ ।
‘निर्माता संघले उठाएका मुद्दामा सहमतिमा आउन प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा नेपाली चलचित्र निर्माताको अस्थित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरूको प्रदर्शन गर्न नदिई, कडा रूपमा प्रस्तुत भई चारणबद्ध आन्दोलन अन्तिम लडाइँमा होमिने प्रस्ट पार्न चाहन्छौँ ।
संघले सम्मानजनक व्यवसायीक अधिकारको सुनिश्चितताका लागि चलचित्र प्रदर्शकहरूसँग कयौँ लडाइँ लडिनुका साथै सहमति र सम्झौताहरू गरिए पनि सधैँ अनुदार व्यवहार भएको दाबी गरेको छ ।
नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको भन्दै बुधवार दिमाग खराबको निर्माण पक्षले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
-
नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ
-
सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ
-
इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी
-
बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण