शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘दिमाग खराब’को प्रदर्शन स्थगित

बुधबार, २९ कात्तिक २०८०, २० : ०७
बुधबार, २९ कात्तिक २०८०

काठमाडौँ। गत शुक्रबारदेखि प्रर्दशनमा आएकाे फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित गरिएको छ । चलचित्र हलसँग विमति राख्दै यो फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण कम्पनी सिनेमा आर्ट्सले जनाएकाे छ ।

आर्ट्सले हलहरूले नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको एक बिज्ञप्ति मार्फत बताएको छ । “विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०%-५०% प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ ।”

जबसम्म विदेशी फिल्म र नेपाली फिल्मलाई बराबर शेयर बाँडफाँड हुँदैन तबसम्मको लागि नेपालमा फिल्म प्रदर्शन रोक्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट फिल्म देखाउने समेत विज्ञप्तिमा उल्लेख छ । 

386866339_329931062985814_4716891545238641736_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप