कविता
हार
शनिबार, ०२ मङ्सिर २०८०, १२ : ००
समय फर्किन जान्दैन र यो मन पर्खिन मान्दैन
आज म अबोध बालक झैँ शिर निहुर्याइरहेछु
एउटै प्रश्न बारम्बार दोहोर्याइरहेछु
कतै म आमाको आखाँबाट आँशुसरि झरिरहेको त छैन ?
कतै म आफ्नै घर बोझ बनि बसिरहेको त छैन ?
मलाई झुल्केको घामले लुकी लुकी जिस्क्याउँछ
हावाको झोक्काले नमज्जाले गिज्याउँछ
अब साँच्चिकै यो दुःखको जालो नफुकाई फ्याँकिदिन मन छ
यो समयको पोकालाई आफूसँगै राखिदिन मन छ
तर थाहा छ
यी कोरिएका नक्साले लक्ष्य गुमाइरहेछन्
यी सझिएका सपनाले बाटो बिराइरहेछन्
र विचलित सोचहरू आपसमा जुधिरहेछन्
सायद त्यसैले
मेरा प्रश्नहरू थाकिसके
र मैले हार मानिसकेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण