मार्जिन ट्रेडिङ सञ्चालनमा ढिलाई : भाषागत र सञ्चालन अस्पष्टताले नेप्सैमै फर्कियो कार्यविधी
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ (सेयर धितो राखेर ब्रोकरमार्फ लिइने कर्जा सुविधा) कार्यविधिमा भाषागत त्रुटि र सञ्चालनसम्बन्धी अस्पष्टता भएको भन्दै नेपाल स्टक एक्सचेन्जमा फिर्ता पठाएको छ । लामो समय लगाएर बनाएको कार्यविधि नेप्सेले गत फागुनमा बोर्ड पठाएको थियो । बोर्डले कार्यविधिमा भाषागत त्रुटी र अस्पष्ट सञ्चालन व्यवस्था भएकाले फिर्ता पठाएको बोर्डका प्रवक्ता नीरज गिरीले बताए ।
उनले भने, ‘हामीले कार्यविधि बनाउन सहभागी मध्येबाट २ जनालाई बोलाएर यसलाई सुधारेर यथाशीघ्र फिर्ता ल्याउन भनेका छौँ । सम्भवतः उहाँहरुले चाँडै ल्याउनु हुन्छ होला ।’
‘ब्रोकरमार्फत ऋण पाउने कुरा भएकाले सानो कुरा नमिल्दा ठूलो जोखिम निम्त्याउन सक्ला भनेर हामीले सानो सानो कुरामा पनि स्पष्टसँग लेख्नु भनेका छौँ,’ उनले भने ।
मार्जिन ट्रेडिङ सेवा लिनेले ब्रोकरको नाममा कसरी खाता खोल्ने (पुल अकाउन्ट) र व्यक्ति स्वयमको नामको खाता खोल्ने सम्बन्धि पनि स्पष्ट व्यवस्था गर्नु पर्नेछ । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले तिहार लगतै मार्जिन ट्रेडिङ सेवा सञ्चालनमा ल्याउने भनेपनि सोको प्रक्रिया कार्यविधिको मस्यौदामै अड्किएको छ ।
यता ब्रोकर कम्पनीले मार्जिन ट्रेडिङको सेवा दिन पाउने भएपछि सँस्था थप प्रोफेसनल बन्ने भन्दै आएका छन् ।
धितोपत्र बोर्डले गत कात्तिक २० गते कार्यविधि बनाएर पेश गर्न ब्रोकर कम्पनी र नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले मार्जिन कारोबार सेवा उपलब्ध गराउन ब्रोकरको खुद सम्पत्ति ५ करोड हुनुपर्ने, कम्तिमा १० हजार सेयरधनी भएको र सकारात्मक नेटवर्थ रही विगत दुइ वर्षदेखि वार्षिक कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, मार्जिन कारोबार सुविधा अवधिभर जोखिम हेरेर ग्राहकसँग न्युनतम ४० प्रतिशत लिनुपर्ने लगायतको शर्त राखेको छ ।
के हो मार्जिन ट्रेडिङ कारोबार ?
धितोपत्र दलाल व्यवसायीले (ब्रोकर) आफ्ना ग्राहकलाई सेयर खरिदका लागि खरिद गरेको सेयरको कुल मूल्यको निश्चित प्रतिशत रकम त्यही सेयर सुरक्षण राखेर कर्जा दिने प्रावधान नै मार्जिन ट्रेडिङ हो । बोर्डकै निर्देशन अनुसार नेप्सेले तयार पारिरहेको कार्यविधि स्विकृत भएलगतै मार्जिन ट्रेडिङ सेवा शुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण