बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
बुधबार, २० मङ्सिर २०८०, १५ : २२

धनुषा । आम जनता पार्टीले बैंक तथा सहकारीको चर्को व्याज असुलीविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ । आम प्रदर्शनकारीहरूले जनतालाई सहज कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् ।
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।
आफ्ना माग पुरा नभए मधेस बन्द गर्नेसम्मको चेतावनी सो पार्टीले दिएको छ । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहको नेतृत्व तथा मधेस प्रदेश कमिटीको आयोजनामा विरोध र्याली जनकपुरको बार विघाहाबाट सुरु भएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन