आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजद्वारा रुपन्देहीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

शनिबार, २३ मङ्सिर २०८०, १८ : ५७
शनिबार, २३ मङ्सिर २०८०

बुटवल ।   मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ  । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सो संस्थाले बुटवलमा प्रदर्शन गरेको हो ।

भ्रष्ट्राचारका कारण लोकतन्त्र खतरा परेको भन्दै प्रदर्शनकारीले मूल दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्।  कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति  गोविन्द खनालले भ्रष्ट्राचार लोकतन्त्रको दुस्मन भएको बताए ।

उनले भ्रष्ट्राचार नियन्त्रण गर्नका लागि सबै लाग्नुपर्ने बताए ।  कार्यक्रममा संस्थाका केन्द्रीय सचिव मिना ढकाल , केन्द्रीय सदस्य  डिपी खनाल  ,  जिल्ला सभापति  कृष्ण भट्टराई लगायतले सम्बोधन गरेका थिए ।   

संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।  नेपालले सन् २०११ मा महासन्धि अनुमोदन गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले आजकै दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप