हिन्दी फिल्म ‘सलार’ मा मेनुका पौडेलको पार्श्व गायन
काठमाडौँ । गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छन् । भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो प्रस्तुति मार्फत सबैको मन जित्दै आएकी उनले सोही कारण भारतीय फिल्ममा अवसर पाएको बताइएको छ ।
आइतबार राति सोनी टेलिभिजनमा प्रसारित शोमा मेनुका आफैले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएकोमा खुसी साटेकी हुन् । सो एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रसारण गरिएको थियो । कार्यक्रममा उनलाई निर्णायकहरुले बधाई समेत दिएका थिए ।
मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर फिल्मको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।
‘म आज एकदमै उत्साहित छु । किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ । यो ‘सलार’ फिल्मको गीत हो । यो मेरो पहिलो टर्निङ पोइन्ट हो’, उनले खुसी साट्दै भनेकी छन् ।
‘इन्डियन आइडल’को ‘टप १४’मा पुगेकी उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ ।
मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर, कम भोट पाएपछि उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् । झापा बिर्तामोडकी उनले एक दर्जन बढी नेपाली गीत गाइसकेकी छन् भने फिल्म ‘लिलिबिली’को ‘हावा सरी’ गीतबाट पार्श्व गायनमा डेब्यू गरेकी हुन् ।
‘सलार’को गीतले उनलाई बलिउड फिल्मको पार्श्व गायनमा पनि खाता खोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण