सडक खोल्न आरक्ष कार्यालयद्वारा सहजीकरण
बागलुङ । ढोरपाटन शिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल थालिएको छ । शिकार आरक्षहुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार आरक्ष कार्यालयले सहजीकरण गर्ने गरी छलफल सुरु भएको हो ।
‘हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को दफा ३० मा संरक्षित क्षेत्रभित्र कुनै भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व मन्त्रालयको सहमति लिनुपर्ने’ उल्लेख छ । उक्त कानुनी व्यवस्थालाई समन्वय र सहमतिमा कार्यान्वयन गर्ने र बागलुङ, रुकुम पूर्व र म्याग्दी जोड्ने सडक नाका खुलाउन सरोकारवाला सहमत भएका हुन् ।
तीन जिल्लाका सरोकारवाला, जनप्रतिनिधि र शिकार आरक्ष कार्यालयबिच भएको ‘संरक्षण कार्यमा सरोकारवाला बिचको समन्वय गोष्ठी’ले चार वटा सडक निर्माणका लागि स्थानीय तह र आरक्ष कार्यालयको समन्वयमा अघि बढ्ने निर्णय गरेका हुन् । निर्णय अनुसार आरक्ष क्षेत्रमा सडक निर्माणका लागि स्थानीय तहले आवश्यक निर्णय लिने छन् ।
स्थानीय तहको निर्णय, कार्यालयले पेस गर्ने क्षतिको विवरण र वातावरणीय अध्ययनपछि मन्त्रालयले लिने निर्णयले सडक निर्माणमा सहयोग गर्ने आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।
निसेलढोर–तकसेरा, निसी–भलकोट निसेलढोर, गाडीखोला देउराली ढोरपाटन र तल्लो जलजलादेखि लमसङसम्मको सडक खण्ड कानुनी अड्चनका कारण जोडिन सकेका छैनन् । आरक्षको संरक्षित वन तथा वन्यजन्तु जोगिने र पूर्वाधार पनि निर्माण हुने गरी समन्वय सुरु भएको कँडेलले बताए ।
‘कानुनी समस्याका कारण रोकिएका सडक जोड्न छलफल सुरु भएको हो, कतै पनि हानी नहुनेगरी पूर्वाधार निर्माण हुनुपर्छ,’ कँडेलले भने, ‘तीन जिल्लाको सडक सञ्जाल जोडिदा ढोरपाटन शिकार आरक्ष र आसपासका स्थानीय सबैलाई फाइदा हुन्छ ।’
गोष्ठीले मध्यवर्ती क्षेत्रका विषयमासमेत स्थानीयवासीसँग थप छलफल गर्ने निर्णय गरेको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासका सर्वसाधारण तयार नहुँदा यहाँ मध्यवर्ती क्षेत्र घोषणा हुनसकेको छैन । शिकार आरक्षमा चोरी शिकारी नियन्त्रणका लागि स्थानीय तह र सरोकारवाला सबैले पहल गर्ने निर्णय भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रको संरक्षण र प्रबद्र्धनका लागि आरक्ष कार्यालय र नेपाली सेना,देवीबक्स गुल्मले संयुक्तरुपमा गोष्ठीको आयोजना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण