त्रैमासिक समीक्षा
चौमासिक समीक्षामा सरकार : सबै मन्त्री र सचिव सिंहदरबारमा
बिहीबार, २८ मङ्सिर २०८०, १४ : ००
काठमाडौँ । सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका हुन् ।

जारी बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । उक्त छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्य योजना अनुसार कामहरू भए नभएकोबारे समेत छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण