आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

खाना तताउन मिल्ने माइक्रोवेभ ब्याग

बिहीबार, २८ मङ्सिर २०८०, १५ : १२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । विलटेक्सको ‘विलकूक’ माइक्रोवेब ब्याग झट्ट हेर्दा स्टाइलिश ल्यापटप ब्याग जस्तै देखिन्छ । तर यो ब्याग कन्डक्टिभ फेब्रिकले बनेको छ । जसले युजरलाई ब्यागभित्र राखिएको खानेकुरा २५० डिग्री सेल्सियससम्म तातो पारेर दिन्छ ।

हिउँदको चिसो दिनमा तात्तात्तो खानेुकुरा खानु जत्तिको आरामदायक त के होला र ? त्यो पनि घरबाहिर भएको बेलामा । तपाईसँग आफूले साथमा ल्याएको खानेकुरा तताउने कुनै उपाय छैन वा तातो खानेकुरा अर्डर गर्ने स्थिति छैन भने के गर्ने ? यही परिस्थितिलाई सोचेर निर्माताहरुले विश्वको पहिलो माइक्रोवेब ब्याग बनाएको हो ।

जापानी कम्पनी सान्की कन्सेस लिमिटेडले इनोभेटिभ फेब्रिकबाट विलटेक्स विलकुक ब्याग बनाएको हो । सर्सर्ती हेर्दा यो ब्याग औसत ल्यापटप ब्याग झैँ देखिन्छ । तर यसले ५ मिनेटमै भित्र राखिएको वस्तुलाई ८० डिग्रीको तापक्रममा तातो बनाएर दिन्छ । ब्यागको तौल भने जम्मा १ सय ६० ग्राम मात्रै छ । यसभित्रको रिचार्ज गर्न मिल्ने ब्याट्रीको तौल १ सय २० ग्रामको छ । अर्थात् जम्मा गरेर ब्याग २ सय ८० ग्रामको छ ।

ब्यागमा भएको स्ट्रेचेबल फ्याब्रिकले ब्याट्री प्याकबाट पावर तानेर हिट उत्पन्न गराउँछ । कम्पनीले यो ब्यागको धेरै डिटेल दिएको छैन । माइक्रोवेब ब्यागको तापमान ५ मिनेटमै ८० डिग्रीसम्म पुग्न सक्छ । तर प्रयोगकर्ताले हटोपिया नामक स्मार्टफोन एपबाट यसको तापक्रमलाई ४० देखि २५० डिग्री सेल्सियसबीच सेट गर्न सक्छन् । एक पटक चार्ज गर्दा यो ब्यागको ब्याट्री ८ घन्टासम्म चलाउन सकिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप