कविता
मूल्य
बिहीबार, २८ मङ्सिर २०८०, १५ : १६
गरेर कठिन काम, कमाउँछन् परिश्रमी
साहुले दिन्छन् दाम, उसलाई छ र के कमी ?
हो! खानलाई माम ! तर अन्योल, कि हट्ला गरिबी यो कैले ।
उद्यमीलाई के को पिर, सोच्छ संसार यो फेर्नुछ मैले !
भण्डारमा छ तिनकै रजाईं, बुझ्दैनन् के हो श्रमशोषण!
एक थोपा पसिना बगाउनुपर्दा हुनेगर्छन् मरेतुल्य!
अधिक सोच्छन्, गरेको छु मैले गरिबको पालनपोषण,
के थाहा तिनलाई कि के हो पसिनाको मूल्य ?
सुनौला हार, हिरामोती जडित,
दियौ उपहार, तर त्यो कहिलेसम्म लाउनु ?
गर्छौ नरसंहार, यदि कथंकदाचित,
यो सुन्दर संसार, तिम्रोमात्र होइन थाहा पाउनु।
धनले किनेको शक्ति , छ अहंकार, तर होइन त सबै भ्रम ?
यहाँ रोग छन् अनेक, मृत्यू छ सत्य, मात्र जीवन अमुल्य !
चाहना छन् सबका, नबुझी करुणा नै मार्छन्, अनभिज्ञ, समय छ कम !
के थाहा तिनलाई कि के हो रगतको मूल्य ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण