बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

नेपाली भजन ‘कहाँ होला वैकुण्ठ भन्ने ठाउँ’ सार्वजनिक

शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । ‘कहाँ होला वैकुण्ठ भन्ने ठाउँ’ बोलको भजन सार्वजनिक भजनमा मनिषको स्वर रहेको छ । भजनका शब्दहरू सङ्कलन गरिएका हुन् । 

भजनमा प्रकाश अधिकारीले ढोलक बजाएका छन् भने अक्टो प्याड याम पुन मगरले चलाएका छन् । त्यस्तै हार्मोनियममा सुरज भट्टराई छन् भने साउन्डमा सन्जन पौडेल रहेका छन् । भिडियोको पोष्ट प्रोडक्सन दिप टेलिभिजनले गरेको हो ।

भजनको भिडियो समेत बनेको छ । भिडियोमा गायक मनिषले भजन गाइरहेको देखाइएको छ भने वाद्यवादन टिम पनि भिडियोमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया