भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
सारांश
- वरिष्ठ बलिउड अभिनेता राकेश बेदी आफ्नो नयाँ चलचित्र 'है जवानी तो इश्क होना है' को प्रचारका लागि काठमाडौँ आइपुगेका छन् ।
- उनलाई विमानस्थलमा नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरूले स्वागत गरेका हुन् ।
- बेदीले दर्शक र हल सञ्चालकसँग साक्षात्कार गर्ने, पशुपतिनाथको दर्शन गर्ने र चलचित्रबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।
काठमाडौँ । शुक्रबारबाट नेपालमा समेत प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि वरिष्ठ बलिउड (भारतीय) अभिनेता राकेश बेदी नेपाल आएका छन् । उनी मध्यान्ह २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाइपुगेका हुन् ।
उनलाई विमानस्थलमा नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू कश्यप नरेन्द्र वेद र नवीन उदासले स्वागत गरे । नेपाल र भारतबिचको चलचित्र उद्योगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपका वितरकहरू वेद र उदासले यो भ्रमणको आयोजना गरेका हुन् ।
यो समूहले नेपालमा दक्षिण भारतीय चलचित्र ‘पेड्डी’ को प्रदर्शन व्यवस्था मिलाएको छ । भ्रमणका क्रममा अभिनेता बेदीले काठमाडौँका विभिन्न चलचित्र मन्दिर (थिएटर) हरूको भ्रमण गरी दर्शक तथा हल सञ्चालकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् ।
यसका साथै उनले आराध्यदेव पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्ने कार्यक्रम रहेको छ । बेदीले नेपाल आएका समय चलचित्र ‘है जवानी तो इश्क होना है’ बारे जानकारी गराउँदै सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया समेत गर्ने बताइन्छ ।
बेदीको यो भ्रमणले नेपाल र भारतको चलचित्र क्षेत्रबिचको बढ्दो साझेदारीलाई प्रतिनिधित्व गर्ने र चलचित्रको माध्यमबाट दुवै देशका दर्शकहरूलाई अझ नजिक ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण