मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा गएकालाई मताधिकार दिएमात्रै उनीहरुका मुद्दा सम्बोधन हुन्छन्ः सरोकारवाला

सोमबार, ०२ पुस २०८०, १० : ३८
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् । 

सोमवार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमीकका मुद्दामा बोल्न शुरु गर्ने बताए । कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताए । उनले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताए । 

उनले भने, ‘वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिनुपर्छ । किनभने कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक पार्टीहरुले उहाँहरु का मुद्दामा बोल्न थाल्नुहुन्छ । जब मत खाडि मुुलुकबाट आउन थाल्छ, त्यसपछि उहाँहरुका मुद्दाले ठाउँ पाउँछ । वैदेशिक रोजगारीमा गएका जतिपनि श्रमीक छन्, ति श्रमीकहरुले पठाएको रेमिट्यान्सको सही सदुपयोग भएको छैन । त्यसलाई उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्छ, राज्यले त्यस्तो पोलिसि निर्माण गर्नुपर्छ । ३० लाख भन्दा बढी श्रमीक गएर जुन रेमिट्यान्स यहाँ भित्रिन्छ, त्यो भन्दा बढी गैरभारतीय श्रमीकहरु यहाँ काम गरेर उहाँहरुले त्यो भन्दा ठूलो रेमिटेन्स बाहिर लैजानुहुँदो रहेछ । रोजगारीमा जाने श्रमीकहरुलाई सीप दिनुपर्छ ।’

कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताए । उनले वदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताए । 

उनले भने, ‘हामीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके उहाँहरुले थोरै संख्यामा गएर धेरै रेमिट्यान्स पठाउनुहुन्छ । नेपालमा जतिपनि शिक्षामा लगानी हुन्छ, यहाँ राम्रा विद्यालयमा पढाएका विद्यार्थीहरु बाहिर गएर उतै बस्ने र यताको बेचेर सम्पती लैजाने गर्नुहुन्छ । यहाँ विदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाएर राज्यले युवाहरुलाई जोड्नुपर्छ । विदेशमा पठाउनुपर्छ भन्दा पनि गुणस्तरीय श्रमीक पठाऔँ । बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्छ । सुरक्षित आप्रवासनको लागि हामी जिम्मेवार हुनुपर्छ ।’

रोजगार व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमीकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप