चीनको अस्पतालमा चक्कु प्रहार घटना, २ को मृत्यु २३ घाइते
बेइजिङ । दक्षिण पश्चिम चीनको एक अस्पतालमा चक्कु प्रहारको घटनामा कम्तीमा पनि २ जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् ।
यो घटना स्थानीय समयअनुसार दिउँसो १३ः२० बजेतिर युनान प्रान्तको चेनसिओङ पिपुल्स अस्पतालमा घटेको सरकारी समाचार माध्यमहरूले बताएका छन् । आक्रमणमा २३ जना घाइते भएको बताइएको छ । घाइतेको सङ्ख्या घटबढ हुन सक्ने समाचारमा भनिएको छ ।
चीनको द पेपरले सार्वजनिक गरेको एक तस्वीमार कालो पोसाकमा आएका एक पुरुषले दुवै हातमा चक्कु लिएको देखिएको छ । सो तस्बिरमा आक्रमणकारीको अगाडि एक अर्का पुरुष उभिरहेका थिए ।
द पेपरमा सार्वजनिक अर्को तस्बिरमा प्रहरीका सवारी साधन र एक दर्जन प्रहरी अधिकारीहरू अस्पताल बाहिर उभिएका छन् । आक्रमणकारी पक्राउ परेको खबर पनि आइरहेको छ । तर यसको विवरणहरू स्पष्ट छैन । चीनमा हातहतियारहरू प्रतिबन्धित छन् । तर हालैका वर्षमा त्यहाँ चक्कु प्रहारका घटना बढेका छन् । गएको वर्ष अगस्टमा चक्कु प्रहारका घटनामा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए । जुलाईमा पनि चक्कु प्रहारकै घटनामा तीन बालबालिकासमेत ६ जनाको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण