चीनको अस्पतालमा चक्कु प्रहार घटना, २ को मृत्यु २३ घाइते

बेइजिङ । दक्षिण पश्चिम चीनको एक अस्पतालमा चक्कु प्रहारको घटनामा कम्तीमा पनि २ जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् ।
यो घटना स्थानीय समयअनुसार दिउँसो १३ः२० बजेतिर युनान प्रान्तको चेनसिओङ पिपुल्स अस्पतालमा घटेको सरकारी समाचार माध्यमहरूले बताएका छन् । आक्रमणमा २३ जना घाइते भएको बताइएको छ । घाइतेको सङ्ख्या घटबढ हुन सक्ने समाचारमा भनिएको छ ।
चीनको द पेपरले सार्वजनिक गरेको एक तस्वीमार कालो पोसाकमा आएका एक पुरुषले दुवै हातमा चक्कु लिएको देखिएको छ । सो तस्बिरमा आक्रमणकारीको अगाडि एक अर्का पुरुष उभिरहेका थिए ।
द पेपरमा सार्वजनिक अर्को तस्बिरमा प्रहरीका सवारी साधन र एक दर्जन प्रहरी अधिकारीहरू अस्पताल बाहिर उभिएका छन् । आक्रमणकारी पक्राउ परेको खबर पनि आइरहेको छ । तर यसको विवरणहरू स्पष्ट छैन । चीनमा हातहतियारहरू प्रतिबन्धित छन् । तर हालैका वर्षमा त्यहाँ चक्कु प्रहारका घटना बढेका छन् । गएको वर्ष अगस्टमा चक्कु प्रहारका घटनामा दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जना घाइते भएका थिए । जुलाईमा पनि चक्कु प्रहारकै घटनामा तीन बालबालिकासमेत ६ जनाको हत्या भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर