बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी (सूचनासहित)

बुधबार, ०४ पुस २०८०, ०७ : ३१
बुधबार, ०४ पुस २०८०


काठमाडौं । नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । 

रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ । खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको छ ।

योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । 

 

Capture-1703035916

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप