जङ्गली हात्तीको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते
मकवानपुर । मकवानपुरको मनहरिमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् । मनहरि गाउँपालिका–७ स्थित बिजौनामा गए राति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ५१ वर्षीय कान्छीमाया तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार गए राति करिब ११:४५ बजेको समयमा तामाङलाई हात्तीले आक्रमण गरेको हो । घरबाट बाहिर निस्किँदा जङ्गली हात्तीले आक्रमण गर्दा तामाङको ढाडमा चोट लागेर बेहोस भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । बेहोस भएकी तामाङलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ ।
हात्ती घटना स्थल नजिकै रहेकोमा स्थानीय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जङ्गलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रातको समयमा घटना भएकाले हात्तीले अन्य के कति भौतिक क्षति गरेको भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण