सम्झन्छु म तिमीलाईमा रोमान्टिक बने रबिन र सोफी

काठमाडौँ । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, सङ्गीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।
कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहीन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुखमा साथ दिने प्रेमीको चाखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।
माया हेराई भोगाई जस्तै महसुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् । उनीहरूको यो प्रेम रोमान्स हेर्दा लाग्छ यो अभिनय नै नभएर यर्थाथ संसारको एउटा हिस्सा नै हो ।
भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईको छायाङ्कन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इन्जिनियर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणकाजी श्रेष्ठद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
-
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा खड्का
-
लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक
-
न्यायाधीशमाथि कालोमोसो प्रहारको घटनाप्रति बार एशोसिएशनको कडा भर्त्सना
-
‘टेक एन्ड पे’ नीतिले अन्योल, लगानीकर्ताले पीपीएमा हस्ताक्षर गर्न मानेनन्
-
एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु