आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार, ४० हजार बढीले गरे अवलोकन
काठमाडौँ । आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको छ । पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिएका हुन् ।
उनले ४० हजार भन्दा बढी अवलोकनकर्ताहरूले मेला अवलोकन गरेको बताए । उनले मेला सोचेको भन्दा पनि राम्रो भएको पनि दाबी गरे । धमलाका अनुसार मेलामा क्रेताहरू र विक्रेताहरू एकै ठाउँमा भेला भई सबै कुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो हो।
उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए । लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए। उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण