एउटा सपनाको अन्त्य
बिहीबार, १९ पुस २०८०, १३ : ३०
छिमेकीको ठुलो घर छ
म पनि ठुलो घर बनाउँछु
उसको महँगो गाडी छ
म पनि महँगो गाडी चड्छु
साथीले महँगो गहना लगायो
म पनि महँगो गहना लगाउँछु
छिमेकीहरू सहरतिर बसाइँ सरे
सहरका झिलिमिलीमा रमाए
म पनि त्यहीँ जान्छु
म पनि त्यहीँ रमाउँछु ।
अहँ !
यस्ता कुनै सपना थिएनन्
सपना थियो त
केवल
पैसाको अभावमा बाले जस्तो मर्नु नपरोस्
आमाका आँखामा आँशुले बास नगरोस्
बिरामी हँुदा सिटामोल आफैँले किन्न सकियोस्
चुहिएको छानो मात्र टाल्न सकियोस्
यस्तो महँगीको मारमा
एक पेट सजिलै टार्न सकियोस्
भविष्य होइन
वर्तमानमा बाँच्न कष्टप्रद नहोस् ।
तर
सरकार
उजाडिदियौ
एउटा गरिबको सपना
दिउँसै
देशकै राजधानीमा
तातो गोली छातीमा उपहार दिएर
परिवारको एक आशाको त्यान्द्रोलाई
गल्र्याम्म ढलाएर
र तोकिदियौ मूल्य जनही दस लाख ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण