मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
टुँडिखेलमा साकेला नाच्दै रमाउँदै, तस्बिरहरू
पर्व

टुँडिखेलमा साकेला नाच्दै रमाउँदै, तस्बिरहरू

शनिबार, २१ पुस २०८०

काठमाडौँ । साकेला नाच्दै किराँतीहरूले टुँडिखेलमा उँधौली मनाएका छन् । विभिन्न समूहमा भेला भएर किराँतीहरूले उँधौली नाचेका हुन् । 

बाली भित्राइसके पछि नयाँ अन्न प्रयोग गर्नु पूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ । परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाएर किराँतीहरू ढोल बजाएर साकेला नाच्ने गरिन्छ । नाच्नेहरूको पङ्क्ति भित्र एक नायक तथा नायिका हुन्छन् जसले सेतो फेटा बाँधेको हुन्छ । 

वरिपरि घुमिघुमी नाचिने यो साकेला नाचमा आआफ्नो जातीय भेष भूषाका हातमा झुम्के रुमाल फूलपाती लिएर नाचिन्छ । बाजाको तालसँगै खुट्टा र हातको चाल मिलाएर गीत गाउँदै साकेला नाच्ने गरिन्छ ।

sakela (1)sakela (2)sakela (3)sakela (4)sakela (5)sakela (6)sakela (7)sakela (8)sakela (9)sakela (10)sakela (11)sakela (12)sakela (13)sakela (14)sakela (15)sakela (16)sakela (17)sakela (18)sakela (19)sakela (20)sakela (21)sakela (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया