शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले मुलुकको स्वाधीनतामा आँच पुग्ने गरी भारतसँग विद्युत् खरिद सम्झौता गर्‍यो : पोखरेल

शनिबार, २१ पुस २०८०, १८ : ४८
शनिबार, २१ पुस २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधीनतामा आँच आउने गरी भारतसँग विद्युत् खरिद सम्झौता गरेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत् खरिद सम्झौतामा नेपालको स्वाधीनतामाथि आँच आउने खालको प्रावधान रहेको उनको जिकिर थियो । 

शनिबार पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय विदेशमन्त्रीसँगको छलफलबारे सरकारले आफ्नो पार्टीसँग छलफल समेत नगरेको भन्दै आपत्ति जनाए । उनले सत्तारुढ गठबन्धनले मुलुकका स्वाधीनता र स्वतन्त्रतामा मुद्दालाई धुमिल बनाउने काम गरेको भन्दै त्यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए ।

पोखरेलले सत्तारुढ गठबन्धनले सामाजिक सद्भावमाथि आँच पुर्‍याउने काम गरिरहेका दाबी गर्दै त्यसलाई जोगाउनका लागि पनि सबैलाई एमालेमा गोलबन्द हुन पनि अनुरोध गरे । उनले भने, ‘मुलुकको भूराजनीतिक संवेदनशीलताका कारणले हामीहरू धेरै किसिमका सङ्कटहरू झेल्नका लागि अभिसप्त बन्दैछौ । यसलाई चिर्नका लागि राष्ट्रिय शक्तिहरूको एकताबद्ध हुनुपर्ने आवश्यकता छ । ’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिको लागि केपी ओली नेतृत्वको सरकारले अघि बढाएका महत्त्वपूर्ण विकास आयोजनाहरूलाई वर्तमान सरकारले अघि बढ्न नदिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप