आइतबार, ०९ असार २०८१
ताजा लोकप्रिय

गुल्मीमा बस दुर्घटना, सहचालकको मृत्यु

बिहीबार, ०३ जेठ २०८१, २२ : १४
बिहीबार, ०३ जेठ २०८१

गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो ।

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।

जिल्लाको रुरु क्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको छ । बस चालक पनि  गम्भीर घाइते भएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप