कविता : समयको यात्रा
एक पुरुष र एक महिला
गुलाबी ओछ्यानमा सुते
बाहिर हेरे, बिहान छ
टिलिक्क टल्केको हिमाल
एक जोडी परेवा
माक मा कुर कुर गर्दै प्रेमिल बने
समय ब्युँझिसकेको छ
ओछ्यानको छेउमा टेबलमा
एउटा रातो गुलाफ देखेर
समयले सूर्यको किरणलाई चुम्बन गर्छ
घाँटीबाट ननिस्केका जवानीका कथा
म उसलाई हेरिरहन्छु
फर्केर हेर्छु– परेवाको जोडी
कतै हराएछ– देखिनँ ।
उसले नाम बोल्न खोजे जस्तो
केही घाँटीमा अड्के जस्तो
तर चुपचाप मुखमा गहिरो तलाउ पारेर माछालाई लुकाए जस्तो–
छेउको झ्यालको सिसाबाट देखेँ
एक पटक, दुई पटक, तीन पटक
चरा निकै स्वतन्त्र छ
हलचल नगरेकी चरी
शिथिल शरीरमा पनि रोमाञ्चित देख्छु
उनीहरूको संसार मायाले भरिएको छ ।
म आँखा खोल्छु
उसलाई देखिनँ
समय मलाई हेर्दै छ
दुःखमा पनि साथ नछोडेको
यही समयले हो
लगभग मेरो कोठामाथि
घाम मैमत्त बनेर उडिरहेको छ
तिम्रो अनुहार सम्झेर ऐना हेर्छु
तिमीले मलाई नजिक राख्दै ऐना हेर
समय कति शान्त छ,
मन जलिरहेको पाङ्खा जस्तै
हामीमाथि विस्तारै
यात्रा गरिरहेको छ समयले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका : प्यालेस्टाइनको समर्थनमा आन्दोलनरत ३ सय विद्यार्थी पक्राउ
-
प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा
-
सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी
-
पोखराको बिजुली पसलमा आगलागी
-
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
-
आईपीएलमा आज : खेल जितेर छनोट हुने राजस्थानलाई अवसर