कविता : समयको यात्रा
एक पुरुष र एक महिला
गुलाबी ओछ्यानमा सुते
बाहिर हेरे, बिहान छ
टिलिक्क टल्केको हिमाल
एक जोडी परेवा
माक मा कुर कुर गर्दै प्रेमिल बने
समय ब्युँझिसकेको छ
ओछ्यानको छेउमा टेबलमा
एउटा रातो गुलाफ देखेर
समयले सूर्यको किरणलाई चुम्बन गर्छ
घाँटीबाट ननिस्केका जवानीका कथा
म उसलाई हेरिरहन्छु
फर्केर हेर्छु– परेवाको जोडी
कतै हराएछ– देखिनँ ।
उसले नाम बोल्न खोजे जस्तो
केही घाँटीमा अड्के जस्तो
तर चुपचाप मुखमा गहिरो तलाउ पारेर माछालाई लुकाए जस्तो–
छेउको झ्यालको सिसाबाट देखेँ
एक पटक, दुई पटक, तीन पटक
चरा निकै स्वतन्त्र छ
हलचल नगरेकी चरी
शिथिल शरीरमा पनि रोमाञ्चित देख्छु
उनीहरूको संसार मायाले भरिएको छ ।
म आँखा खोल्छु
उसलाई देखिनँ
समय मलाई हेर्दै छ
दुःखमा पनि साथ नछोडेको
यही समयले हो
लगभग मेरो कोठामाथि
घाम मैमत्त बनेर उडिरहेको छ
तिम्रो अनुहार सम्झेर ऐना हेर्छु
तिमीले मलाई नजिक राख्दै ऐना हेर
समय कति शान्त छ,
मन जलिरहेको पाङ्खा जस्तै
हामीमाथि विस्तारै
यात्रा गरिरहेको छ समयले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण