गठबन्धनका शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न लगाइने
काठमाडौँ । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि मतदाताहरूसँग अपिल गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने पनि निर्णय गरिएको छ ।
आजको बैठकमा सातवटै प्रदेशबाट राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति – २०८० गठन भएको विवरण र जिल्लाहरूमा पनि समिति गठन भइरहेको जानकारी प्राप्त भई सो बारेमा छलफल भएको थियो । आजको बैठकमा समितिका सदस्यहरू वर्षमान पुन, मनिष सुमन, डा. विजय पौडेल र आमन्त्रित रूपमा गोविन्द चौधरी सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण