गठबन्धनका शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न लगाइने

काठमाडौँ । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले गठबन्धनका उम्मेदवारहरूको पक्षमा मतदानका लागि मतदाताहरूसँग अपिल गर्न शीर्ष नेताहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । समितिका संयोजक रमेश लेखकको संयोजकत्वमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समिति – २०८० ले गठबन्धन उम्मेदवारहरूको पक्षमा मतदाताहरूसँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने पनि निर्णय गरिएको छ ।
आजको बैठकमा सातवटै प्रदेशबाट राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति – २०८० गठन भएको विवरण र जिल्लाहरूमा पनि समिति गठन भइरहेको जानकारी प्राप्त भई सो बारेमा छलफल भएको थियो । आजको बैठकमा समितिका सदस्यहरू वर्षमान पुन, मनिष सुमन, डा. विजय पौडेल र आमन्त्रित रूपमा गोविन्द चौधरी सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुरेकै कारण पनि हुन्छ सम्बन्ध विच्छेद : सलमान खान
-
कर्णालीमा बजेट प्रस्तुत हुनुअघिको किचलो साम्य भएको हो ?
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’