आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
उत्पादन

विश्वका मानिसलाई नेपाली स्वाद चखाउँदै एसियन थाइ फुड्स, २५ देशमा पुग्यो व्यापार पहुँच

यही वर्षभित्र भारत, अमेरिका, दुबई, टर्की लगायतका मुलुकमा मात्रै १ अर्बको उत्पादन निर्यात गर्ने लक्ष्य
शनिबार, ०६ माघ २०८०, ०९ : १३
शनिबार, ०६ माघ २०८०

विराटनगर । केही समय अगाडि दुबईमा गल्फ फुड दुबई (फुड फेस्टिभल) आयोजना भएको थियो । उक्त फेस्टिभलमा विश्वका प्रतिष्ठित ब्राण्डका उत्पादनसहितका स्टल थिए । त्यही लहरमा नेपालको एसियन थाइफुड्सले उत्पादन गरेको टुपिएम र रमपम चाउचाउको पनि स्टल थियो । स्टलमा पशुपतिनाथको मन्दिरदेखि सगरमाथासम्मका तस्बिर राखिएका थिए ।

बिक्री गर्ने पनि नेपाली थिए । घुम्न गएका एक नेपालीले रमपम चाउचाउ र टुपिएम ब्राण्डका उत्पादित वस्तु रहेको स्टल देखेपछि चासोका साथ सोधे– यो कसरी सम्भव भयो ? ।’ ती नेपाली युवा भावविह्वल भए । अन्तर्राष्ट्रिय मेलामा नेपाली प्रोडक्सन देखेर उनीहरुले खुसीको आँशु बगाए ।

विगत ८ वर्ष अगाडि नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका लाने क्रम सुरु भयो । शरणार्थीहरुलाई युएनएचसीआरले खाद्यान्नमा रमपम चाउचाउ दिन्थ्यो । शरणार्थीहरु अमेरिका गएपछि चाउचाउकै डिमाण्ड बढ्न थाल्यो । शरणार्थीहरुले त्यहाँका अरु मानिसलाई पनि रमपम चखाए । अहिले त अमेरिकामा पनि रमपम र टुपिएम ब्राण्डका स्न्याक्सहरुको माग तीव्र बनेको छ ।

एसियन थाइफुड्सले संसारमा रहेका नेपालीलाई आधार मानेरै आफ्नो उत्पादनलाई तीव्र अन्तर्राष्ट्रियकरण गरिरहेको छ । कोरोना कालपछि एसियन थाइफुड्ले आफ्नो उत्पादन झनै बढाएको छ । गत वर्षमात्रै एसियन थाइफुड्सले झण्डै ५० करोडको माल विभिन्न देशमा निर्यात ग¥यो । यो वर्ष १ सय करोड र अर्को वर्ष २ सय करोड हुँदै ५ वर्षसम्ममा ५ सय करोडको उत्पादन विदेश निर्यात गर्ने उद्योगको योजना छ ।

विदेशमा मार्केटिङ कसरी भइरहेको छ भन्ने प्रश्नमा सञ्चालक तथा मार्केटिङ प्रमुख महेश जाजु भन्छन्, ‘यो आइडिया हो, प्रोडक्सनप्रतिको हाम्रो विश्वास हो ।’

एसिएन थाइफुड्स प्रा.लि.ले विराटनगरमा सन् १९९९ मा १५ करोड लगानीमा चाउचाउ उत्पादन गर्न थालेको थियो । अहिले लगानी २ सय करोड नाघेको लगानीकर्ता पवन सारडा बताउँछन् । उक्त कम्पनीको आक्रामक विज्ञापन र मार्केटिङले चाँडै नै रमपम चाउचाउ नेपालमा सबैभन्दा धेरै बिक्री हुने चाउचाउ बन्यो । त्यस लगत्तै टुपिएम र प्रीति चाउचाउको सफल प्रक्षेपण भयो । २०१० को आसपास उत्पादन क्षमता थप गरियो । त्यसपछि एसियन थाइफुड्सबाट उत्पादित चाउचाउ नेपालको कुनाकुनासम्म पुग्न थाल्यो ।

‘अमेरिकामा वार्षिक १५ करोडको रमपम चाउचाउ जान्छ । भारतमा ५० करोडभन्दा बढीको माल जान्छ । नेपालमा ४ सय करोडको माल खपत हुन्छ । आउने दुई वर्षमा नेपालमा हुने खपत बराबरको उत्पादन विदेश निर्यात गर्ने जाजुले बताए ।  

सन् २०१९ मा अन्तर्राष्ट्रिय स्वादको प्रिमियम चाउचाउ र २०२२ मा टुपिएम प्रिमियम स्न्याक्सको प्रक्षेपणसँगै एसियन थाइफुड्स नेपालमा चाउचाउ र खाजाको सबैभन्दा ठुलो उत्पादक कम्पनी बनेको जाजु दाबी गर्छन् ।

उक्त कम्पनीले भर्खरै गल्फ फुड दुबई, आहार इन्डिया, वर्ल्ड फुड टर्की र वर्ल्ड फुड इन्डिया जस्ता ग्लोबल प्रदर्शनीमा समेत सहभागी भयो । अहिले पनि २५ मुलुकमा आफ्ना उत्पादन निर्यात गरिरहेको दाबी गर्ने कम्पनी हाल अन्तर्राष्ट्रिय बजारमा आक्रामक व्यापार गरिरहेको छ ।

‘अमेरिकामा वार्षिक १५ करोडको रमपम चाउचाउ जान्छ । भारतमा ५० करोडभन्दा बढीको माल जान्छ । नेपालमा ४ सय करोडको माल खपत हुन्छ । आउने दुई वर्षमा नेपालमा हुने खपत बराबरको उत्पादन विदेश निर्यात गर्ने जाजुले बताए ।  

Mahesh Jaju (1)

अष्ट्रेलिया, बहराइन, बेल्जियम, भुटान, क्यानडा, फिनल्याण्ड, जर्मनी, भारत, इजरायल, इटली, दुबई, कुवेत, मलेशिया, यमन, ओमन, प्यालेस्टाइन, दक्षिण कोरिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड र कतारमा व्यापार तीव्र बनेको छ भने जापान, इजिप्ट र दक्षिण अफ्रिकामा पनि निर्यातको तयारी भइरहेको छ । अमेरिका र युरोप सामान पुग्न झण्डै २ महिना लाग्ने जाजु बताउँछन् ।  

एसियन थाइफुड्सका उत्पादनहरु अमाजन, फ्लिप्कार्ट, इस्पेन्सर, मेसोलगायतका प्रतिष्ठित अनलाइन कम्पनीहरुले पनि राखेका छन् । केही दिनमा दराज, ब्लिङ्केट जस्ता प्रतिष्ठित कम्पनीहरुले पनि अनलाइनमा राख्ने तयारी गरेको जाजु दाबी गर्छन् ।

कोभिडपछि नेपालमा मात्रै होइन, संसारका जुनसुकै मुलुकका धेरैजसो उद्योग धराशायी भए । खाद्य उद्योगमा भने कोभिडले खासै असर गरेन । एसियन थाइफुड्सलाई पनि कोभिड अवसर भएर आयो ।

एसियन थाइफुड्सका १ सय भन्दाबढी ब्राण्ड छन् । प्याकेटहरुमा ७ वटा भाषा उल्लेख गरिएको छ । ‘नेपालको प्रोडक्ट विश्वभरिमा छ । नेपालको माल अमेरिकामा जानु भनेको गर्व गर्ने विषय हो,’ जाजुले भने ।

निर्यातको लागि सरकारले अरू विषयमा ध्यान दिनसके विश्वमा व्यापार बढाउन सकिने उनको अनुभव छ । आफ्नो उत्पादनका हरेक सामानहरुमा अधिकांश नेपालकै खाद्य वस्तु कच्चा पदार्थको रुपमा उपयोग गरिरहेको उनी बताउँछन् ।

‘मैदा, स्न्याक्सहरुमा मकै, चामल, तेल, प्याकेजिङ पनि नेपालकै छ । मिल्क पाउडर पनि नेपालकै प्रयोग भइरहेको छ,’ उनले भने । विश्वमा ८ अर्ब जनसंख्या छ । जुन आफ्नो उत्पादनका सामानको मार्केटिङका लागि धेरै सजिलो भएको जाजु बताउँछन् ।

कोभिडपछि नेपालमा मात्रै होइन, संसारका जुनसुकै मुलुकका धेरैजसो उद्योग धराशायी भए । खाद्य उद्योगमा भने कोभिडले खासै असर गरेन । एसियन थाइफुड्सलाई पनि कोभिड अवसर भएर आयो । ‘कोभिड पछाडि उत्पादन बढेको छ । म निराश छैन,’ आत्मविश्वासका साथ जाजु भन्छन्, ‘स्न्याक्स उत्पादन १ सय प्रतिशत बढ्यो । नुडल्सका आइटमहरु पनि फरकफरक कन्सेप्टमा नयाँ नयाँ उत्पादन भइरहेको छ ।’

थाइफुड्सका ननभेज सि फुडदेखि टुपिएम डेभिल्स चिकेन नुडल्स, पिनट पफ जस्ता अनेकौँ ब्राण्ड नेपाली जनजिभ्रोमा मात्रै झुण्डिएको छैन, अब विश्वका मानिसहरुले पनि जिभ्रो फड्कार्न पाएका छन् । उद्योगले संसारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

एसियन थाइफुड्सले सन्तोष साहलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । साह लण्डनमा बसी काम गर्ने नेपाली सेफ हुन्, जो २०२० मा बेलायतको पाककला सम्बन्धी परपट (टिभी) शृङ्खला बीबीसी मास्टरसेफ द प्रोफेसनल्समा प्रतिस्पर्धी थिए ।

Company Profile_page-0011

नेपालीहरु संसारका सबै देशमा छन् । तिनै नेपालीहरुको आडमा एसियन थाइफुड्सले मार्केटिङ सुरु गर्यो । युवाहरु विदेशतिर गइरहेकाले आफूले जहाँ नेपाली छन्, त्यहीँ गएर मार्केटिङ सुरु गरेको जाजुले बताए । ‘जहाँ नेपाली छन्, त्यहाँ सामान पठाएँ । नेपालीहरुकै माध्यमबाट ती देशका नागरिकहरुले पनि स्वाद लिन पाए । जब स्वाद लिए, अनि डिमाण्ड बढ्यो,’ जाजु भन्छन् ।

नेपालमा उत्पादित आफ्नो सामानहरु युरोपमा उत्पादन भएभन्दा आधा सस्तो पर्ने उनको दाबी छ । नेपालीहरु कम रहेको इजरायलमा पनि एसियन थाइफुड्सका उत्पादनहरु निर्यात भइरहेको छ । जुनसुकै खाद्यान्नको आइटम बिक्री गर्नका लागि मुस्लिम देशहरुमा हलाल सर्टिफिकेट लिनुपर्छ । हिन्दुहरुको देशमा हमाम सर्टिफाइट हुनुपर्छ । थाइफुड्सले सबै प्रक्रिया पूरा गरेको छ । विदेशलाई चाहिने सबै सूचना प्याकेटमै उल्लेख छ । केही समयपछि आफ्ना प्रोडक्टहरु जापानमा पनि जाने जाजु दाबी गर्छन् ।

दक्षिण कोरियामा पनि भर्खरै १ कन्टेनर (२५ लाख मूल्य पर्ने) सामान पठाइसकेको उनले बताए । मार्केटको पोजेटिभ रेस्पोन्सले धेरै उत्साहित बनेको उनी बताउँछन् ।

विदेशीहरुले ‘नेपालमा पनि यति राम्रो प्याकेजिङ हुन्छ ? यस्तो स्वादिलो बनाउन सक्छ ?’ भन्ने प्रश्न गर्छन् । जाजुको अनुभवमा नेपाल चिनेका सबैजसो विदेशीहरुले माया र सद्भाव राख्ने गरेका छन् । ‘ममा यति धेरै कन्फिडेन्स किन आयो, मलाई हेर्नुहोस् त । किनकि मेरो उत्पादन राम्रो छ । संसारका धेरै मानिसहरुले मन पराएका छन् । यो उत्पादनले नेपाल चिनाउँछ,’ उनी सुनाउँछन् ।

Company Profile_page-0007

तर, भारत निर्यात गर्दा भने केही झन्झट बेहोरिरहेको उनको दुखेसो छ । नेपालको खाद्य परीक्षणलाई भारतले मान्यता दिनुपर्ने उनको माग छ । नत्र भारतको कलकत्ता पुगेर परीक्षण गराएरमात्रै निर्यात गर्नुपर्ने अवस्था छ ।

‘व्यापार प्रबर्द्धन केन्द्रले विदेशमा भइरहेका महत्त्वका एक्स्पोहरुमा नेपाली सामानको प्रबर्द्धन गर्न ध्यान दिनुपर्छ । वर्षमा २ सय करोड व्यापार प्रबर्द्धनमा राज्यले खर्च गर्नसक्ने अवस्था ल्याउनु पर्छ,’ सरकारी तबरबाट गर्नुपर्ने सहयोगचाहिँ के हो भन्ने प्रश्नमा उनले भने, ‘अदुवा, अलैंची, यार्सागुम्बालगायतका जडीबुटीहरुको प्रचार र बजार प्रबर्द्धन गर्न आवश्यक छ ।’

टर्कीमा आयोजित फेस्टिभलमा मात्रै ५० लाख रुपैयाँ खर्च गरेर गएको उनले सुनाए । ‘हामी आफ्नै खर्चमा काम गर्छौं । सामान लिएर जानुपर्छ । स्टाफ लिएर जानुपर्छ । टर्की र गल्फ मुलुकहरु एकदमै महँगो छ,’ उनले भने, ‘त्यहाँ होटलमा बस्नुपर्छ । सरकारले व्यापार प्रबर्द्धनमा सहयोग गर्नुपर्छ । हामीजस्तो सबै उद्योगीले खर्च गर्न सक्दैन । खर्च गर्न नसक्नेलाई सरकारले सहयोग गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप