सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एकले अर्काको खुट्टा तानेर सफल भइँदैन : सभापति देउवा

सोमबार, ०८ माघ २०८०, १९ : ०२
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । सोमबार  नेपाली  कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनमा देउवाले एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन नसकिने बताए ।

 ‘एकले अर्काको खुट्टा तानेर सफल भइँदैन, मिलेर काम गर्नुपर्छ,’ देउवाले भने, ‘फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौँ ।’

समानुपातिक र समावेशी सिद्धान्तका कारण एक दलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए ।

राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले विरोध गर्नुनपर्ने उनको भनाइ छ । माघ ११ मा निर्वाचन हुन लागेको राष्ट्रिय सभाको १९ सिटमध्ये गठबन्धनमा कांग्रेसले १० उम्मेदवार खडा गरेको छ ।

‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो,’ उनले भने, ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ ।’

सबैले टिकट नपाउने भन्दै टिकट पाएकाले नपाएकालाई साथमा हिँडाउनुपर्ने बताए । उनले टिकट वितरणमा उचित मूल्यांकनको आधार बनाउने समेत प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप