एकले अर्काको खुट्टा तानेर सफल भइँदैन : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । सोमबार नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनमा देउवाले एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन नसकिने बताए ।
‘एकले अर्काको खुट्टा तानेर सफल भइँदैन, मिलेर काम गर्नुपर्छ,’ देउवाले भने, ‘फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौँ ।’
समानुपातिक र समावेशी सिद्धान्तका कारण एक दलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए ।
राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले विरोध गर्नुनपर्ने उनको भनाइ छ । माघ ११ मा निर्वाचन हुन लागेको राष्ट्रिय सभाको १९ सिटमध्ये गठबन्धनमा कांग्रेसले १० उम्मेदवार खडा गरेको छ ।
‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो,’ उनले भने, ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ ।’
सबैले टिकट नपाउने भन्दै टिकट पाएकाले नपाएकालाई साथमा हिँडाउनुपर्ने बताए । उनले टिकट वितरणमा उचित मूल्यांकनको आधार बनाउने समेत प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
-
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प
-
रास्वपाको जिल्ला अधिवेशन सुरुः ६७ जिल्लामा निर्वाचन हुँदै, १० जिल्लाको महाधिवेशनपछि हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण