गायिका मेनुका पौडेलले अब आँखा देख्ने
काठमाडौँ । गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो ।
इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको छ । सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका थिए । चेकअपमा चिकित्सकले उनले पूर्णरुपमा दृष्टि पाउन नसके पनि विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने बताएका छन् ।
कार्यक्रममा चिकित्सकको एक भिडियो समेत देखाइएको थियो । भिडियोमा चिकित्सकले उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्ने बताएका छन् ।
डाक्टरको भिडियाले कार्यक्रममा निर्णायक र प्रतियोगीमा समेत खुसी छाएको थियो ।
निर्णायक मध्यकी एक श्रेया घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताएकी थिइन् ।
मेनुका इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिसकेकी छन् । सुरुको समय देखिनै प्रतियोगितामा निर्णायक अतिथिको मन जित्दै अगाडि बढिरहेकी उनलाई उपाधि दाबेदार समेत मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण