बौद्ध महास्तुपाको पुनर्निर्माणमा झण्डै ९ करोड घोटाला
काठमाडौँ । बौद्ध महास्तुपा पुनर्निर्माणमा झण्डै ९ करोड घोटाला भएको खुलासा भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समिति अन्र्तगत बौद्ध महास्तुपा निर्माण गर्न बढी सुन खपत भएको देखाएर रकम हिनामिना गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
पुनर्निर्माणका लागि चाहिने हर्मिका, त्रयोदश भुवन, छत्रको सेट र गजुरका लागि ८ कारेड २३ लाखको लागत अनुमान स्वीकृत भएको थियो । तर कार्य सम्पन्न गरेको प्रतिवेदनमा सो काम ५ हजार वर्ग फिटमा गरेर ३४ हजारको दरले ३१ किलोग्राम सुन समेत १७ करोड खर्च भएको उल्लेख छ ।
पुरातत्व विभागको २०७३÷७४ को सुनको मूल्य विश्लेषण अनुसार प्रति वर्गफिट एक चौथाइ तोलाको हिसाबले १४.५८० को १६ हजारको दरले ८ करोड २३ लाख मात्र खर्च भएको हुनुपर्नेमा बढी देखिएको हो ।
बढी सुन खपत भएको देखाएर १६.४२० किलोग्रामको मूल्य ८ करोड ८८ लाख बढी खर्च भएको देखिएकाले छानबीन गर्नुपर्ने महालेखाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण