कसले गरेको हो ‘बटर चिकेन’को 'आविष्कार' ?
नयाँ दिल्ली । बटर चिकेन विश्वभर सबैभन्दा चर्चित भारतीय परिकार मध्येमा पर्दछ । यसको आविष्कार आफूले गरेको प्रमाणित गराउन यति बेला भारतका दुई रेस्टुराँ चेन अदालती लडाइँ लडिरहेका छन् । यो मुद्दा अहिले भारतमा चर्चाको विषय बनेको छ । यो लडाइँमा एकातिर दिल्लीको प्रसिद्ध रेस्टुराँ ब्रान्ड मोती महल छ भने अर्को तिर रेस्टुराँ चेन दरियागञ्ज छ ।
सन् १९३० को दशकमा पेसावरमा रेस्टुराँका संस्थापक कुन्दन लाल गुजरालले बटर चिकेनको आविष्कार गरेको दाबी रेस्टुराँको छ । रेस्टुराँ केही वर्षपछि दिल्ली सारिएको थियो । अदालतमा पेस गरिएको २ हजार ७५२ पृष्ठको दस्ताबेजमा बटर चिकेन र दाल मखनी आफूले बनाएको झुटो दाबी गरेको भन्दै रेस्टुराँले प्रतिस्पर्धी रेस्टुराँ चेन दरियागञ्ज विरुद्ध मुद्दा हालेको छ । यस मुद्दामा गुजराल परिवारले २ लाख ४० हजार अमेरिकी डलर बराबरको क्षतिपूर्ति मागेका छन् ।
बटर चिकेन आफ्नो हजुरबुबाले पाकिस्तानमा आविष्कार गरेको मोती महलका प्रबन्ध निर्देशक मोनिष गुजरालको तर्क छ । दरियागञ्ज हाल सालै २०१९ मा स्थापित भएको हो । गुजरालसँग मिलेर आफ्ना परिवारको दिवङ्गत सदस्य कुन्दन लाल जग्गीले दिल्लीमा सन् १९४७ मा मोती महल खोलेको समयमा बटर चिकेनको आविष्कार भएको दाबी दरियागञ्जको छ । दरियागञ्जले रोयटर्सलाई सन् १९४९ मा दर्ता भएको हस्तलिखित साझेदारी दस्ताबेज देखाएको छ ।
यो विवाद सुरु भएयता भारतीय सञ्चार माध्यमहरूले चिकेन बटरको इतिहासबारे कयौँ सेगमेन्ट चलाइरहेका छन् । सामाजिक सञ्जालमा पनि यसबारे विवाद चुलिएको छ । बटर चिकेन टेस्ट अटलसले सार्वजनिक गरेको विश्वका उत्कृष्ट परिकारमा ४३ औं स्थानमा थियो । भारतमा भने बटर गार्लिक नानपछि यो दोस्रो उत्कृष्ट परिकारमा परेको छ । यो मुद्दामा गएको हप्ता दिल्ली उच्च अदालतले पहिलो सुनवाइ गरेको थियो । यसको अर्को सुनवाइमा मेमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण