राजनीतिमा योगराज उपाध्याय र नूतन थपलियाको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नूतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे पार्टीले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिएको बताए । उनले द्वय नेताहरुले दिएको योगदानबारे सबै नेपालीहरुलाई बुझाउन जरुरी रहेको बताए ।
उनले भने, ‘योगराज उपाध्याय र नूतन थपलिया यी महान् व्यक्तिहरु जो आज हामीले सम्मान गर्न पायौँ, उहाँहरुले धेरै ठूलो योगदान गर्नुभएको छ, नेपालका लागि । उहाँहरुका बारेमा हामी किताबहरू निकालेर भएपनि, लेखेर भएपनि हामीले सबैलाई बाँड्नुपर्छ । उहाँहरुले दिएको योगदानलाई सबै नेपालीहरुलाई यो कुरा बुझाउनुपर्छ । उहाँहरुको योगदानको जतिसुकै प्रशंसा गरेपनि कम हुन्छ । उहाँहरुलाई हामीले सधैँ सम्मान गर्नुपर्छ ।’
पार्टीको ७८ औँ स्थापना दिवसको अवसरमा कांग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो । २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी भएका थिए । नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाइ गरेको थिए । बीपी कोइरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन गएका थिए । थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लागेका थिए । शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण