‘रामायण’ मा विजय सेतुपतिको इन्ट्री

मुम्बई । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ अहिले चर्चामा छ । यस फिल्ममा राम, सीता र रावणको पात्र फाइनल भइसकेका छन् ।
नितिश तिवारीले हालै फिल्ममा विभिषणको भूमिकाका लागि साउथ स्टार विजय सेतुपतिसँग कुरा गरेका छन्। पिंकभिलाको रिपोर्ट अनुसार निर्देशकले फिल्मको सिलसिलामा विजय सेतुपतिसँग भेट गरेका छन् ।
उनले विजयलाई फिल्ममा रावणको भाइ विभिषणको भूमिका अफर गरेका छन् । यसबारे निर्देशकका नजिकका स्रोतले विजय फिल्मको स्क्रिप्ट र कथाबाट निकै प्रभावित भएको बताए । अभिनेताले पनि फिल्मप्रति आफ्नो रुचि व्यक्त गरेका छन् । विजय सेतुपतिले अहिलेसम्म फिल्म साइन नगरे पनि लजिस्टिक र फाइनान्सका विषयमा टोलीसँग कुराकानी गरिरहेका छन् ।
विजय सेतुपति १२ जनवरीमा रिलिज भएको फिल्म ‘मेरी क्रिसमस’मा कट्रिना कैफसँग देखिएका थिए। यसबाहेक विजय शाहरुख खानको फिल्म ‘जवान’ मा पनि देखिएका थिए ।
‘रामायण’ २०२५ को दीपावलीको अवसरमा रिलिज हुन सक्ने बताइएको छ । यस फिल्ममा रणवीर कपुर भगवान रामको भूमिकामा र साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । रावणको लागि निर्माताहरू केजीएफ स्टार यशको साथ अगाडि बढिरहेका छन्। हनुमानका लागि सनी देओललाई कास्ट गरिएको छ ।
चलचित्रका मुख्य कलाकारहरुको छायांकन मार्चबाट सुरु हुनेछ । स्रोतका अनुसार रावणको भूमिका निभाएका यशले जुन वा जुलाईबाट यो फिल्मको छायांकन सुरु गर्नेछन् । उनले १५ दिनमा आफ्नो चरित्रको पूरै सुटिङ गर्नेछन् । यो चलचित्रको पोस्ट प्रोडक्सनका लागि निर्माण पक्षले डेढ वर्षको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयकाे तयारी
-
प्रधानमन्त्रीसँग काठमाडौँ–तराई मधेस द्रुतमार्ग सुरु विन्दुको समस्याबारे छलफल
-
काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
-
जिल्ला अदालत काठमाडौँमा प्रधानन्यायाधीशको छड्के अनुगमन
-
प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित
-
गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीद्वारा उद्घाटन