‘रामायण’ मा विजय सेतुपतिको इन्ट्री
मुम्बई । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ अहिले चर्चामा छ । यस फिल्ममा राम, सीता र रावणको पात्र फाइनल भइसकेका छन् ।
नितिश तिवारीले हालै फिल्ममा विभिषणको भूमिकाका लागि साउथ स्टार विजय सेतुपतिसँग कुरा गरेका छन्। पिंकभिलाको रिपोर्ट अनुसार निर्देशकले फिल्मको सिलसिलामा विजय सेतुपतिसँग भेट गरेका छन् ।
उनले विजयलाई फिल्ममा रावणको भाइ विभिषणको भूमिका अफर गरेका छन् । यसबारे निर्देशकका नजिकका स्रोतले विजय फिल्मको स्क्रिप्ट र कथाबाट निकै प्रभावित भएको बताए । अभिनेताले पनि फिल्मप्रति आफ्नो रुचि व्यक्त गरेका छन् । विजय सेतुपतिले अहिलेसम्म फिल्म साइन नगरे पनि लजिस्टिक र फाइनान्सका विषयमा टोलीसँग कुराकानी गरिरहेका छन् ।
विजय सेतुपति १२ जनवरीमा रिलिज भएको फिल्म ‘मेरी क्रिसमस’मा कट्रिना कैफसँग देखिएका थिए। यसबाहेक विजय शाहरुख खानको फिल्म ‘जवान’ मा पनि देखिएका थिए ।

‘रामायण’ २०२५ को दीपावलीको अवसरमा रिलिज हुन सक्ने बताइएको छ । यस फिल्ममा रणवीर कपुर भगवान रामको भूमिकामा र साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । रावणको लागि निर्माताहरू केजीएफ स्टार यशको साथ अगाडि बढिरहेका छन्। हनुमानका लागि सनी देओललाई कास्ट गरिएको छ ।
चलचित्रका मुख्य कलाकारहरुको छायांकन मार्चबाट सुरु हुनेछ । स्रोतका अनुसार रावणको भूमिका निभाएका यशले जुन वा जुलाईबाट यो फिल्मको छायांकन सुरु गर्नेछन् । उनले १५ दिनमा आफ्नो चरित्रको पूरै सुटिङ गर्नेछन् । यो चलचित्रको पोस्ट प्रोडक्सनका लागि निर्माण पक्षले डेढ वर्षको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण