ललितपुरको नख्खीपोटमा बन्दै ‘मनसरा’
काठमाडौँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘मनसरा’ को अहिले धमाधम छायाङ्कन भइरहेको छ । ललितपुर नख्खीपोट आसपासमा विगत २० दिनदेखि छायाङ्कन भइरहेको फिल्मको अहिले ६५ प्रतिशत छायाङ्कन सकिएको छ ।
अभिनेता दयाहाङ ‘भूठान’ को छायाङ्कनका लागि अहिले अमेरिकामा छन् । दयाहाङ नभएपछि निर्माण युनिटले मिरुना, मेनुका प्रधान तथा प्रवीण खतिवडा लगायतका कलाकारको दृश्यको छायाङ्कन गरिरहेको छ । दयाहाङ नेपाल फर्किपछि फिल्मको छायाङ्कन पाँचथरमा समेत हुनेछ ।
उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म निर्देशक सुब्बाले छायाँकार शैलेन्द्रध्वज कार्कीसँग मिलेर बनाउन लागेका हुन् । फिल्ममा ‘जारी’ को जस्तै अर्गानिक कथा पस्किने बताइएको छ ।
निर्देशक सुब्बाले जाडोको मौसम भएपनि फिल्मको छायाङ्कन सोचअनुसार भइरहेको बताए । उनले फिल्मलाई उत्कृष्ट बन्ने बनाउन कसर नराखिने सुनाए ।
एप्पल इन्टरटेन्मेन्टले वितरण गर्ने फिल्म नयाँ वर्षको वैशाख २१ मा रिलिज हुनेछ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । त्यसैगरी सिजन दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण