आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डेन्टल समूहको विज्ञापन रद्द, निर्णय नसच्याइए संघर्षको चेतावनी

बुधबार, १७ माघ २०८०, १४ : ३९
बुधबार, १७ माघ २०८०

काठमाडौँ । दरबन्दीको विज्ञापन रद्द गर्न गरेको पत्राचारप्रति नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको ध्यानाकर्षण भएको जनाएको छ । बागमती प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले कानुन विपरीत डेन्टल समूहको मात्र विज्ञापन रद्द गर्न गरेको पत्राचारप्रति एसोसिएसनको ध्यानाकर्षण भएको हो । 

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले गत माघ ८ गते प्रदेश निजामती सेवा तर्फको स्वास्थ्य सेवा डेन्ट्रिस्ट्री समूह पाँचौँ तह, डेन्टल हाईजिनिस्ट पदमा कुल ९ जना जनशक्ति मागेको थियो । 

तर मन्त्रालयले माघ ९ गते कानुन विपरीत डेन्टल समूहको मात्र विज्ञापन रद्द गर्न पत्राचार गरेको एसोसिएसनले जनाएको छ । 

एसोसिएसनले ३ दिनभित्र रद्द गरिएको दरबन्दीलाई नसच्याइएको खण्डमा सङ्घर्षका कार्यक्रम तय गर्ने स्पष्ट पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप