डेन्टल समूहको विज्ञापन रद्द, निर्णय नसच्याइए संघर्षको चेतावनी
बुधबार, १७ माघ २०८०, १४ : ३९
काठमाडौँ । दरबन्दीको विज्ञापन रद्द गर्न गरेको पत्राचारप्रति नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको ध्यानाकर्षण भएको जनाएको छ । बागमती प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले कानुन विपरीत डेन्टल समूहको मात्र विज्ञापन रद्द गर्न गरेको पत्राचारप्रति एसोसिएसनको ध्यानाकर्षण भएको हो ।
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले गत माघ ८ गते प्रदेश निजामती सेवा तर्फको स्वास्थ्य सेवा डेन्ट्रिस्ट्री समूह पाँचौँ तह, डेन्टल हाईजिनिस्ट पदमा कुल ९ जना जनशक्ति मागेको थियो ।
तर मन्त्रालयले माघ ९ गते कानुन विपरीत डेन्टल समूहको मात्र विज्ञापन रद्द गर्न पत्राचार गरेको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले ३ दिनभित्र रद्द गरिएको दरबन्दीलाई नसच्याइएको खण्डमा सङ्घर्षका कार्यक्रम तय गर्ने स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण