सुझाव र आलोचनालाई आधार मानेर आगामी कदम चाल्छौँ : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले व्यवस्था गरे अनुसारको अधिकारको बाँडफाँट गर्नुपर्ने बताएका छन् । मधेस प्रदेशका लागि राज्यका हरेक ठाउँमा महत्त्व दिएर नीति निर्माण गर्नुपर्ने भन्दै मधेसका जनताले उठाएका जायज मुद्दाहरुको उचित सम्बोधन कांग्रेसले मात्रै गर्ने बताए ।
नेपाली कांग्रेस सिराहाले शनिबार समुदायमा कांग्रेस अभियान अन्तरगतको कार्यक्रममा नेता सिंहले उक्त कुरा बताएका हुन् । भ्रष्टाचारले हरेक क्षेत्रलाई तहसनहस बनाएकोप्रति उनले चिन्ता व्यक्त गरे ।
कांग्रेस यसपटक गाउँ गाउँमा पुगेर जनताका पीरमर्का, गुनासो सुनिरहेको भन्दै समुदायमा कांग्रेस अभियानबाट पाएका सुझाव र आलोचनालाई ग्रहण गर्दै पार्टी र मुलुक सञ्चालनमा तिनै सुझाव र आलोचनालाई आधार मानेर पार्टीले आगामी कदम अगाडि बढाउने बताए ।
मुलुकको नीति निर्माणका क्रममा आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र विकास निर्माणको जन चाहाना अनुरूपको नीति अवलम्बन गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण