जबज समाप्त पार्ने विचार किमार्थ ठिक भन्न सकिँदैन : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिस्ट पार्टीका सोचको दायरा फराकिलो पारेको भन्दै जबज समाप्त पार्ने विचार कुनै हालतमा मान्न नसकिने बताएका छन् ।
आइतबार पार्टी उपाध्यक्ष समेत रहेका कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिस्पर्धाको राजनीतिबाट कम्युनिस्ट पार्टीहरू नभाग्ने पनि बताए । ‘जबजले हाम्रो सोचको दायरा फराकिलो, जनतासँगको सम्बन्धमा घनिष्ठ बनाउने र साम्राज्यवादीहरूलाई आरोप लगाउने ठाउँ दिएन । एक्ल्याउने स्थिति बनेन’, अध्यक्ष नेपालले भने, ‘कुनै पनि शक्तिसँग वैचारिक आधारमा उभिने, कानुनको शासन मान्ने, नियन्त्रण र सन्तुलनको परिपाटी मान्ने, आवधिक निर्वाचनको परिपाटीमा जाने, बहुमत ल्याउनेले सरकार चलाउने र अल्पमतमा हुनेले प्रतिपक्षमा बस्ने यो परिपाटी हामीले स्थापित गरेका छौँ ।’
पार्टीकै अर्का नेता झलनाथ खनालले जबज छाड्नुपर्ने बताइरहेका बेला अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘तर विचार नै परिवर्तन गरेर । हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्ने, आज यसलाई समाप्त पार्ने लाग्ने विचारलाई किमार्थ ठिक भन्न सकिँदैन,’ अध्यक्ष नेपालले नेता खनालप्रति लक्षित गर्दै भने ।
उनले अहिले आफूहरू समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको भन्दै यो चरणमा पनि जबजको उपादेयता रहने बताए । उनले चीन, भियतनाम, क्युबाको जस्तो समाजवाद नेपालमा नहुने भन्दै बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद हुने बताए । बहुदलीय प्रतिस्पर्धासहितको समाजवादमा वर्गको अस्तित्व, विचार र पार्टी समेत हुने नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
-
एमालेको भविष्यको दिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण