नासाद्वारा महासागर र वायुमण्डल अध्ययन गर्न नयाँ जलवायु कार्यक्रमको सुरुवात
लस एन्जलस । नासाले महासागरको जल स्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न बिहीबार एउटा नयाँ उपग्रह मिसन प्रक्षेपण गरेको छ।
सो नयाँ उपग्रह १ः ३३ बजे फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट प्रक्षेपण गरिएको थियो। नासाले प्रक्षेपण भएको पाँच मिनेटपछि सो उपग्रहबाट सूचना प्राप्त गर्न सुरु गरेको बताएको छ ।
नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा सूक्ष्म जीवन र पृथ्वीको सयौँ माइल माथिबाट हावामा सूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ।
यस कार्यक्रमबाट स्याटलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी, देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने बताइएको छ।
वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनको स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक अल्गल ब्लुमहरू ट्र्याक गर्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ ।
अन्तरिक्ष यानले दुई पोलारिमिटर उपकरणहरू पनि बोक्नेछन् जसले कसरी सूर्यको प्रकाशले वायुमण्डलीय कणहरूसँग अन्तरक्रिया गर्छ भन्ने अध्ययनमा सहजता ल्याउने छ ।
साथै अनुसन्धानकर्ताहरूलाई वायुमण्डलीय एरोसोल र क्लाउड गुणहरूका बारेमा पनि नयाँ जानकारी दिइने छ । साथै स्थानीय, क्षेत्रीय र विश्वव्यापी रूपमा विकसित वायुको गुणस्तर मापनका निम्ति पनि यो प्रविधिले सहजता थप्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपाको पार्टी कार्यालय खाली गर्न ताकेता
-
विदेशी मुद्राको सञ्चिति साढे २१ खर्बभन्दा माथि, १६.८ महिनाको आयात धान्ने
-
पार्टी एकताबारे विप्लव र जनार्दनबिच एक घण्टा लामो ‘अन्तरङ्ग’ कुराकानी
-
पार्टी कार्यालय स्थापना गर्न दातालाई सिके राउतको यस्तो अफर
-
भदौमा भित्रियो १२६ अर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने घटे
-
गाउँ गएकाहरू फर्किन थाले, कोटेश्वरमा देखियो भिडभाड