कार्यक्रममा मान्छे कम देखेपछि देउवाले भने — कहिलेकाहिँ कुरा भित्तालाई पनि सुनाउनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गरेका छन् । सभापति देउवाले शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा जिल्ला सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कार्यकर्ताको न्यून उपस्थितिप्रति उनले व्यङग्य गरे ।
‘मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ । एक जना बसेको हुन्छ । धन्यवाद है तपाई मेरो भाषण सुन्न बस्नुभएकोमा भन्छन्,’ देउवाले भने, ‘तर, उ भाषण सुन्न होइन माइक आफूले ल्याएकाले बसेको हुन्छ । हाम्रा साथीहरुको लामो बोल्नुपर्ने छ । कुरा सुनाउनै पर्यो । कहिले कहीँ कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन त्यो ।’
यस्तै उनले काठमाडौँ जिल्ला मात्र नभएर देशको राजधानी पनि भएकाले यहाँको जिल्ला सम्मेलनको राष्ट्रिय महत्त्व रहेको बताए ।
‘यो जिल्लाको नेपाली कांग्रेसको सम्मेलन भनेको महत्त्वपूर्ण सम्मेलन हो ,’ उनले भने, ‘काठमाडौँको सम्मेलनले राष्ट्रिय रुपमा महत्त्व राख्छ । राष्ट्रिय रुपमा प्रभाव पार्ने निर्णय तपाईँहरूले गर्नुहुने छ भन्ने विश्वास राख्दछु।’
सभापति देउवाले काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई आगामी चुनावमा टिकट दिने भन्दै जिताएर पठाउन आग्रह गरे । ‘सबुनलाई टिकट दिएन भन्ने कुरा आयो । अब टिकट दिएर पठाउँदा जिताएर पठाउनु । धन्यवाद भनौँला ,’ देउवाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण