एमालेले जनतामा आशा जगाउने काम गरेको छ : पोखरेल
दैलेख । नेपाल कम्युनिष्ट पाटी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् । एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे ।
उनले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताए ।
नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उनले कार्यकर्ताका मन जोड्दै कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ एमाले अग्रसर भएको उल्लेख गरे । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण