शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले जनतामा आशा जगाउने काम गरेको छ : पोखरेल

शनिबार, २७ माघ २०८०, २३ : ०९
शनिबार, २७ माघ २०८०

दैलेख । नेपाल कम्युनिष्ट पाटी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् । एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे ।

उनले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताए ।

नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उनले कार्यकर्ताका मन जोड्दै कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ एमाले अग्रसर भएको उल्लेख गरे । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप