बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सौराहामा फुड फेस्टिभल सुरु

सोमबार, २९ माघ २०८०, १४ : १७
सोमबार, २९ माघ २०८०

चितवन । हरेक वर्ष जस्तै यो वर्ष पनि प्रेम दिवस लक्षित सौराहा फुड फेस्टिभल पर्यटकीय नगरी सौराहामा सुरु भएको छ । 

१८ औँ संस्करणको फुड फेस्टिभलको सांसद हरि ढकालले उद्घाटन गरेका छन् । सो अवसरमा उनले सौराहाको पर्यटन विकासमा सरकारले ध्यान नदिएको दुखेसो गरे ।    सरकारले चितवनको विकासमा पूर्व र पश्चिम भन्दा पूर्वी चितवन क्षेत्र ओझेलमा परेको स्पष्ट पारे । 

प्रणय दिवस (प्रेस दिवस) लक्षित १८औँ सौराहा फूड फेस्टिभल रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना सुरु भएको हो ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा निकुञ्ज ऐनको चपेटामा परेको बताए । रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगको मान्यता दिन सरकारसँग माग गरे । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको पर्यटन पुरानै अबस्थामा फर्किने क्रममा रहेको भन्दै चालू आबमा मात्र २ लाख २५ हजार पर्यटन चितवन भित्रिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा फेस्टिवलका कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले स्वागत मन्तव्य राख्दै फेस्टिभलले सौराहा क्षेत्रलाई लाइट लाइफमा रूपान्तरण गरेको स्पष्ट पारे ।

सौराहा सहित चितवनको पर्यटन विकासको लागि फेस्टिभल चितवन व्राण्ड बनेको अध्यक्ष गिरीले बताए ।  खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिभललाई विशेष बनाइएको छ । 

फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए । फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप