सौराहामा फुड फेस्टिभल सुरु
चितवन । हरेक वर्ष जस्तै यो वर्ष पनि प्रेम दिवस लक्षित सौराहा फुड फेस्टिभल पर्यटकीय नगरी सौराहामा सुरु भएको छ ।
१८ औँ संस्करणको फुड फेस्टिभलको सांसद हरि ढकालले उद्घाटन गरेका छन् । सो अवसरमा उनले सौराहाको पर्यटन विकासमा सरकारले ध्यान नदिएको दुखेसो गरे । सरकारले चितवनको विकासमा पूर्व र पश्चिम भन्दा पूर्वी चितवन क्षेत्र ओझेलमा परेको स्पष्ट पारे ।
प्रणय दिवस (प्रेस दिवस) लक्षित १८औँ सौराहा फूड फेस्टिभल रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना सुरु भएको हो ।
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा निकुञ्ज ऐनको चपेटामा परेको बताए । रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगको मान्यता दिन सरकारसँग माग गरे । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको पर्यटन पुरानै अबस्थामा फर्किने क्रममा रहेको भन्दै चालू आबमा मात्र २ लाख २५ हजार पर्यटन चितवन भित्रिएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा फेस्टिवलका कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले स्वागत मन्तव्य राख्दै फेस्टिभलले सौराहा क्षेत्रलाई लाइट लाइफमा रूपान्तरण गरेको स्पष्ट पारे ।
सौराहा सहित चितवनको पर्यटन विकासको लागि फेस्टिभल चितवन व्राण्ड बनेको अध्यक्ष गिरीले बताए । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिभललाई विशेष बनाइएको छ ।
फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए । फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण