प्रेमको चर्चाबारे मिस पविले भनिन्–बिजनेस प्रमोसनमा भिडियो बनाएको हो
काठमाडौँ । टिकटकबाट मिस पविको रुपमा चर्चित मोडल पवित्रा साँखी पछिल्लो समय प्रेमका कारणले चर्चामा छिन् । केही अगाडि अष्ट्रेलिया पुगेकी मिस पविले त्यहाँ बस्दै आएका विष्णु सापकोटासँग विभिन्न रोमान्टिक गीतमा भिडियो बनाइरहेकी छन् ।
सामाजिक प्रयोगकर्ताले यी दुबैबिच प्रेम रहेको भन्दै भिडियो शेयर गरिरहेका छन् । विष्णु सापकोटासँगको प्रेमको विषयमा मिस पविले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिँदै सापकोटासँग बिजनेस सिलसिलामा भेटेको बताएकी छन् ।
‘वास्तविक कुरा म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोलि अस्ट्रेलियाको सिड्नी सहरमा छु । यसकै सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको थियो’, उनले अगाडि भनेकी छन् ,‘एउटा बिजनेस प्रमोसनको सिलसिलामा भिडियो बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा भिडियो खिचाएको हो खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरुले झुट र भ्रामक समाचार प्रकाशन÷प्रसारण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले सत्यतथ्य नबुझी झुट र भ्रामक तरिकाबाट आफ्नो चरित्र हत्या भएको समेत बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण