बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रेमको चर्चाबारे मिस पविले भनिन्–बिजनेस प्रमोसनमा भिडियो बनाएको हो

सोमबार, २९ माघ २०८०, २२ : ००
सोमबार, २९ माघ २०८०

काठमाडौँ । टिकटकबाट मिस पविको रुपमा चर्चित मोडल पवित्रा साँखी पछिल्लो समय प्रेमका कारणले चर्चामा छिन् । केही अगाडि अष्ट्रेलिया पुगेकी मिस पविले त्यहाँ बस्दै आएका विष्णु सापकोटासँग विभिन्न रोमान्टिक गीतमा भिडियो बनाइरहेकी छन् ।

सामाजिक प्रयोगकर्ताले यी दुबैबिच प्रेम रहेको भन्दै भिडियो शेयर गरिरहेका छन् । विष्णु सापकोटासँगको प्रेमको विषयमा  मिस पविले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिँदै सापकोटासँग बिजनेस सिलसिलामा भेटेको बताएकी छन् ।

‘वास्तविक कुरा म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोलि अस्ट्रेलियाको सिड्नी सहरमा छु । यसकै सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको थियो’, उनले अगाडि भनेकी छन् ,‘एउटा बिजनेस प्रमोसनको सिलसिलामा भिडियो बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा भिडियो खिचाएको हो खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरुले झुट र भ्रामक समाचार प्रकाशन÷प्रसारण गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले सत्यतथ्य नबुझी झुट र भ्रामक तरिकाबाट आफ्नो चरित्र हत्या भएको समेत बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप