शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी विधान अधिवेशनमा भाग लिन अस्ट्रेलियाबाट आएका सुमन न्यौपानेको के छ एजेन्डा ?

बुधबार, ०२ फागुन २०८०, ११ : ४३
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । सुमन न्यौपाने हाल अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्छन् । माओवादी केन्द्रको जारी विधान अधिवेशनमा भाग लिन प्रवास अन्तर्गत ओसियानाको नेतृत्व गर्दै एकहप्ता अघि नेपाल आएका हुन् ।

नेपालमा मकवानपुर हेटौँडास्थित हटियाका बासिन्दा रहेका उनी समूह ४ अन्तर्गत कमला रोकाले संयोजन गरेको समूहका सदस्य रहेका छन् । पार्टीलाई कसरी बलियो बनाउने र आगामी साङ्गठनिक संरचना कस्तो हुनुपर्ने भन्ने उद्देश्यमा बहस गर्न आफू नेपाल आएको उनले बताए ।

प्रज्ञा भवन कमलादीमा रातोपाटीसँग कुरा गर्दै उनले नेपालको राजनीति र देश सङ्कटमा परेको बेला प्रवासको ठुलो योगदान रहेकाले पार्टीले प्रवासलाई छुट्टै प्रदेशको मान्यता दिनुपर्ने विचार व्यक्त गरे । पार्टी पनि बनोस् प्रवासमा रहेका श्रमजीवी वर्गहरूको पनि हितअनुसार योजना बनोस् भन्ने उद्देश्य बोकेर आफू अधिवेशनमा भाग लिएको उनले बताए ।

‘प्रवासमा रहेका नेपालीहरूले राजनीतिमा केही न केही योगदान गरिरहेका छन् । चाहे चुनावको बेला आर्थिक सहयोग होस, चाहे देशलाई सङ्कट परेको बेला होस । त्यतिबेला श्रमजीवी वर्गले केही न केही योगदान गरेका छन् । जनप्रगतिशील मञ्चमा आबद्ध कयौँ श्रमजीवी जसले काम गरेर आफू र परिवारको गुजारा चलाइरहेका छन् । तिनीहरूलाई प्रदेश सरह जिम्मेवारी दिनुपर्छ’, उनले भने । 

अधिवेशनमा भाग लिएको विषय खुलाउँदै उनले नेपाल फर्किन चाहने श्रमजीवी वर्ग र अर्को एनआरएनमा बसेर पनि देशको राजनीतिलाई प्रभावित गर्ने वर्गलाई कसरी समेट्ने यी दुई एजेण्डामा अध्यक्षसँग आफूले समूह छलफल गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप