नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ ।
नेपालको सिनियर टिमले आईसीसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्याण्ड्सँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दै छ ।
२ दिन अघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो । सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यानडा ११ विरुद्ध खेल्ने टोली पनि घोषणा गरेको छ । विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र बिहीबार गरेर तीन वटा एक दिवसीय क्रिकेट म्याच खेल्ने छ ।
क्यानडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थियो । त्यतिबेला क्लिनस्वीप भएको क्यानडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानडा ११’ बनाएको हो ।
आइतबारदेखि बिहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले बिहीबार राति सार्वजनिक गरेको हो । यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन् ।
- क्यानडा ११ विरुद्ध खेल्ने नेपाल ‘ए’ टोली
नेपाल ए टिममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण