भारतीय कांग्रेस पार्टीका सबै बैंक खाता रोक्का

नयाँदिल्ली । भारतीय कांग्रेसको सबै बैंक खाता रोक्का भएको छ । आयकर विभागले दलको चारैओटा बैंक खाता रोकिदिएको हो । शुक्रबार पार्टीका कोषाध्यक्ष कांग्रेस नेता अजय मकानले यसबारे जानकारी दिएका छन् ।
विभागले युवा कांग्रेसको बैंक खाता पनि फ्रिज गरिदिएको छ । मकानका अनुसार अहिले दलसँग खर्च गर्न, बिजुलीको बिल तिर्न र आफ्ना कर्मचारीलाई तलब खुवाउन समेत पैसा छैन । सबै गतिविधि प्रभावित भइरहेको उनको भनाई छ ।
विभागको सो कदमले पार्टीको न्याय यात्रा मात्रै नभएर सबै राजनीतिक क्रियाकलाप प्रभावित भइरहेको उनले बताए । विभागले २१० करोड भारु रिकभरीको आदेश दिएको छ । यस मामिलामा कांग्रेस नेता राहुल गान्धीले पनि प्रतिक्रिया दिएका छन् ।
राहुल गान्धीले ट्वीट गर्दै भनेका छन्, ‘मोदीजी नडराउनुहोस्, कांग्रेस पैसाको शक्तिको नाम होइन, जनताको शक्ति हो । तानाशाहको अगाडि न कहिले झुकेका थियौं, झुक्ने छैनौँ । प्रत्येक कांग्रेस कार्यकर्ता भारतको लोकतन्त्रको रक्षा गर्न दिलोज्यान नदिएर लड्नेछन् ।’
यस विषयमा कांग्रेस सभापति मल्लिकार्जुन खडनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाजपाले सङ्कलन गरेको असंवैधानिक पैसा चुनावमा प्रयोग हुनेछ, तर हामीले क्राउड फन्डिङबाट जम्मा गरेका पैसालाई सील गरिने छ ।’ यसअघि कांग्रेस नेता अजय माकनले पत्रकार सम्मेलनमा कांग्रेस पार्टी र युवा कांग्रेसको बैंक खाता रोक्का गरिएको दाबी गरेका थिए । कांग्रेसले आफ्नो खाता बन्द गर्नुलाई लोकतन्त्रमाथि तालाबन्दी पनि भनेको छ ।
अजय माकनले पत्रकार सम्मेलनमा भने, ‘लोकतन्त्रमाथि हमला भएको छ । लोकसभा चुनाव अघि नै हाम्रो पार्टीको बैंक खाता रोक्का गरिएको छ । माकनले कांग्रेसका सबै खातामा ताला लगाइएको बताए । यसबारे उनले भने, ‘पार्टीले जारी गरेको चेकलाई बैंकहरूले क्लियर नगरेको जानकारी अघिल्लो दिन पाएका थियौं, थप अनुसन्धान गर्दा देशको प्रमुख प्रतिपक्षी दलका सबै खाता रोक्का गरिएको खुलेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?